•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:24:54 PM

कोहलपुरमा आफ्नै दाजु शत्रु निस्किएपछि.!भाइ बुहारीकाे हत्या गराउन भारतीयलाइ १ लाखकाे सुपारी

- श्रावण ११, २०७९ मा प्रकाशित


बाँके / बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा श्रीमात श्रीमतीको वीभत्स हत्यामा मृतकका दाइको संलग्नता खुलेको छ । हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेले बताए । 

मंगलबार बिहान ६ बजे २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको शव आफ्नै घरको ग्यालरी र पालीमा भेटिएको थियो । उनीहरुको विवाह झन्डै १ वर्ष अघि भएको थियो । 

प्रहरी टोलीले गडरियाका दाइलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यसक्रममा दाइले योजना बनाएर सुपारी दिएर भाइबुहारीको हत्या गर्न लगाएको खुलेको न्यौपानेले बताए ।उनका अनुसार केही महिनाअघि भाइ र बुबालाई उकासेर अञ्जलीले आफूलाई घरायसी विवादमा कुटपिट गराएको दाइ विजयकुमारको बयान छ । 

त्यही विषयलाई लिएर उनले १८ दिनअघि नै बुहारी अञ्जलीलाई मार्न सुपारी दिएको प्रहरीको भनाइ छ । हत्या गर्ने क्रममा श्रीमान् कृष्णकुमार पनि आएपछि उनको पनि हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।उनीहरुको हत्या गर्न भारतबाट ५०–५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाएको खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

Comments