•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:16:05 PM

शिद्धबाबालाइ बलात्कारी भनेर गाली गरेपछि रोशनी शाही पक्राउ

- श्रावण १०, २०७९ मा प्रकाशित


इटहरी । पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीलाई प्रहरीले पशुपति क्षेत्रबाट पक्राउ गरेको छ ।उनी यस पटक भने सिद्धबाबालाई बलात्कारी भनेपछि प्रहरीको तारोमा परेकी हुन् । सिद्धबाबा भनेर चिनिने कृष्ण गिरीलाई शाहीले बलात्कारी भन्दै होहल्ला गरेपछि प्रहरी वृत्त गौशालाले उनलाई नियन्त्रणमा लिएको हो ।

पशुपतिमा आयोजित अतिरुद्र महायज्ञमा पुगेकी शाहीले सोमबार सिद्धिबाबालाई बलात्कारी भनेकी थिइन्। सिद्धबाबाविरुद्ध बलात्कार आरोपमा चलेको मुद्दा अहिले पनि सुनसरी जिल्ला अदालतमा विचाराधीन रहेको छ ।तत्कालिन सभामुख महरामाथि बलात्कारको आरोप लगाएपनि उक्त मुद्धामा महराले सर्वोच्च अदालतबाट सफाई पाइसकेका छन् । 

Comments