•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:02:33 PM

पुलबाट चिप्लिएर झरेका दुई जनालाई खोलाले बगायो

- श्रावण १०, २०७९ मा प्रकाशित


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पुल तर्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। सोमबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीबाट इन्द्रावती गाउँपालिका–५ नयाँबस्ती जोड्ने झोलुंगे पुल तर्ने क्रममा दुई जना चिप्लिएर इन्द्रावती खोलामा खसेका थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मृतकमा चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूबारी बस्ने ५० वर्षीया गोमादेवी धिताल र ५ वर्षीय विशेष चालिसे छन् । 

उनीहरू खोलामा खसेर बेपत्ता भएको भन्ने खबर पाएपछि प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो। टोलीले उनीहरू खसेको स्थानभन्दा अन्दाजी दुई किलोमिटर तल विशेष र तीन किलोमिटर तल गोमाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। 

Comments