•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:49:08 PM

अष्ट्रेलीया गएर बस्ने नेपालीकाे संख्याले सिमा नाघ्याे : प्रतिवेदन भन्छ १ लाख२२ हजार ५०६ पुग्यो, अब धान्न सकिदैन !

- असार २२, २०७९ मा प्रकाशित


काठमाडौं । अस्ट्रेलिया क्रेज अत्याधिक रहेको खुल्न आएको छ ।अस्ट्रेलियाको तथ्याङ्क ब्यूरोको पछिल्लो तथ्यांकअनुसार १ लाख २२ हजार ५०६ नेपाली अस्ट्रेलियामा रहेको पुष्टि भएको छ ।यो पटक वास्तविक तथ्याङ्क बाहिर आएको हो । तिनीहरूमध्ये लगभग ५० प्रतिशत न्यू साउथ वेल्समा बस्छन् । ८९,१४१ जना २० देखि ३४ वर्ष उमेर समूहका छन् । १,३३,०६८ जनाले घरमा नेपाली भाषा प्रयोग गर्ने गरेकोपनि अस्ट्रेलियाको तथ्याङ्क ब्यूरोले जनाएको छ । 

अफ्रिकी युनियनको आग्रह

अफ्रिकी युनियनले संयमता अपनाउन सुडान र इथियोपियालाई आग्रह गरेको छ ।अफ्रिकी युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो आग्रह गर्नुभएको हो । उहाँले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाबीचको आन्तरिक द्वन्द्व चर्किँदै गएको भन्दै संयम रहन आग्रह गर्नुभएको हो ।उहाँले पछिल्ला दिनहरुमा यी दुई देशकाबीचमा विवाद चर्र्किएकाले त्यसो नगर्न र आन्तरिक रुपमा वार्ता गरी विवादको समाधान गर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष माहमतले यी दुई देशलाई आपसी झगडा अघि नबढाउन र शान्ति वार्ताका माध्यमबाट समस्याको समाधान गर्न यी दुवै देशलाई आग्रह गर्नुभएको हो ।सुडान र इथियोपियाका बीचमा सीमा क्षेत्रमा भएको विवादका कारण हिंसाको रुप लिएको छ । सुडानले आफ्ना केही सेना सीमा क्षेत्रमा इथियोपियाले हत्या गरेको जनाएको छ ।

सो हत्याका विरुद्धमा उसले संयुक्त राष्ट्रसङ्घमा उजुरी दिने पनि जनाएको छ । यो आन्तरिक मामिलालाई संयुक्त राष्ट्रसङ्घसमक्ष नलगी आपसी वार्ताबाट समाधान गर्न अफ्रिकी युनियनका अध्यक्षले आग्रह गर्नुभएको बताइएको छ ।

Comments