•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:40:05 PM

छाेरी भेट्न अष्ट्रलीया हिडनुभएकी आमा मेलबर्न बिमानस्थलमा अलपत्र : नेपालीहरूले थहा पाएर गरे उद्धार

- असार २१, २०७९ मा प्रकाशित


काठमाडौं । अस्टेलिया भएकी छोरी भेट्न नेपालबाट मलेसिया हुँदै मेलबर्न पुगेर अलपत्र पर्नुभएकी आमाको उद्धारा भएको छ ।केर्न्स पुग्नु पर्ने ७८ वर्षीय नरमाया खाती मेलबर्नको टलामरिन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र पर्नुभएको थियो । खातीलाई बिहानको समयमा विमानस्थलको आगमन कक्षमा रुँदै बसेको अवस्थामा एक सहृदयी नेपालीले भेट्नुभयो ।

जानकारी अनुसार खातीसँग रहेको मोबाइल फोन अफ थियो, चार्ज गर्ने विकल्प नभएको हुनाले त्यसको प्रयोग गरेर उहाँको आफन्तसँग सम्पर्क हुन सकेन् ।नेपालबाट गएका आफन्तजन लिन विमानस्थल अरु पनि पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पूरको विमान चढ्नु भएकी खाती त्यहाँबाट मेलबर्नलाई ट्रान्जिट बनाउँदै केर्न्स पुग्नु पर्ने थियो ।

दिउँसो १:00 बजे तिर केर्न्स पुग्नु पर्ने आमालाई लिन छोरी मिनाकुमारी खाती त्यहाँको विमानस्थल पुग्नु भएको बताइन्छ । तर, आमा यता मेलबर्नमा अलपत्र परेको कुनै सुईँकोसम्म उहाँलाई भएन ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भइरहेको छ । आमाबाबु नेपालबाट बोलाउँदा आफ्नो नम्बर या ठेगाना केही कागजमा लेखेर पठाउने कुरामा ध्यान दिनुपर्ने सल्लाह दिइयो ।नरमाया खाती साँझ सकुशल छोरीसँग पुग्नुभयो । सामाजिक सञ्जालमा मान्छेहरु छोरी र नेपालबाट एक्लै पठाउनेहरुलाई लिएर आक्रोशमा देखिएका छन् ।

Comments