•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:34:04 PM

७० वर्षको उमेरमा बिहे गर्न खाेज्दा डुब्यो ३ करोड, न केटी न हनिमुन

- असार २१, २०७९ मा प्रकाशित


सत्तरी वर्षको उमेरमा बिहे गर्ने शौकले लखनउका एकजना चिकित्सकलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको छ ।लखनऊ निवासी एकजना मुटुरोग चिकित्सकले सत्तरी वर्षको उमेरमा बिहे गर्ने निर्णय गरेर विज्ञापन दिएपछि उनका खराब दिन सुरु भएका थिए ।

आजतकमा प्रकाशित समाचार अनुसार, विज्ञापन दिएपछि कैयन महिलाहरुले उनीसमक्ष प्रस्ताव राखेपनि अन्ततः उनले कृशा शर्मा नामक एकजना महिलालाई मन पराए ।तीनवर्षअघि श्रीमतीको निधन भएपछि एक्लै बस्दै आएका ती चिकित्सकसँग महिलाले फोन र व्हाट्सएपमा कुराकानी सुरु भयो । ती महिलाले आफूलाई मरिन इन्जिनियर बताउँदै अमेरिकाको फ्लोरिडामा बस्ने र छिटै भारत आउने कुरा गर्न थालिन ।

गत जनवरीमा विज्ञापन प्रकाशन गरेको चिकित्सकसँग ती महिलाको कुराकानी हुँदै गर्दा एकदिन ती महिलाले आफूले अफ्रिकामा निकै सुन किनेको र भारत ल्याउन खोजेको जानकारी दिइन । यति धेरै सुन आफुसँग ल्याउन जोखिमपूर्ण हुने भएकोले कुनै कम्पनीले उक्त सुन भारत पठाइदिने समेत उनले बताइन ।

केही दिनपछि रोयल सेक्युरिटी नाम गरेको कम्पनीबाट ती चिकित्सकलाई फोन आयो । कम्पनीबाट कृशा शर्माले सुन पठाएको र त्यसलाई भारतमा बुझ्न भनिएको थियो । तर कष्टम ड्यूटि र परमिशन शुल्कका लागि एक करोड ८० लाख भारतीय रुपैयाँ लाग्ने भएकोले उक्त रकम तिर्न समेत कम्पनीले भन्यो ।

कृशा शर्मासँग बिहे नै गर्ने छिनोफानो गरिसकेका चिकित्सकले उक्त रकम कम्पनीलाई पठाए ।त्यसपछि उनले कृशालाई फोन गरे तर फोन बन्द थियो । लगातार फोन गर्दा समेत सम्पर्क हुन नसकेपछि बल्ल डाक्टरले आफू ठगिएको चाल पाए ।त्यसपछि उनले साइबर क्राइम थाना लखनऊमा घटनाको जानकारी गराउँदै मुद्दा दर्ता गरेका छन् ।एडिसिपी राघवेन्द्र मिश्राका अनुसार, चिकित्सकको निवेदन दर्ता गरेर प्रहरी अनुन्धानमा जुटेको छ ।

Comments