•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:24:44 PM

कुन अंग फरफराउदा नतिजा के ? ज्योतिष शास्त्र यस्ताे भन्छ !

- असार २०, २०७९ मा प्रकाशित


ज्योतिष शास्त्रका अनुसार मानिसको विभिन्न अंग फरफराउँदा शुभ र अशुभको संकेत दिने गर्दछ । कुनै अंग फरफराउँदा शुभको संकेत दिन्छ भने कुनै अंक फरफराउँदा अशुभको संकेत दिने गर्छ । हुर्नुहोस् ज्योतिषहरुले भनेका विभिन्न अंगहरु फरफराउँदा हुने शुभ र सशुभ लक्षणहरुः

१. तल्लो ओठ फरफराउँदा प्रेम सुख हुन्छ ।

२. ओठको दाइने कुरा फरफराउँदा अचानक धन प्राप्ति हुन सक्छ ।

३. ओठको देब्रे कुना फरफरायो भने अचानक कुनै अमुल्य वस्तु गुम्न सक्छ ।

४. यदि दाईने आँखा फरफरायो भने शारीरिक कष्ट हुनसक्छ ।

५. दाईने आँखाको आँखी भौ मात्र फरफरायो भने कुनै खास इच्छा पुरा हुन सक्छ ।

६. देब्रे आँखाको आँखाी भौ फरफरायो भने कुनै शुभ समाचार मिल्न सक्छ ।

७. यदि दुवै गाला फरफरायो भने धनको प्राप्ति हुन सक्छ ।

८. कुनै व्यक्तिको दुवै ओठ एकसाथ फरफरायो भने निकै धन प्राप्त हुन सक्छ ।

९. यदि कुनै व्यक्तिको दुईवटा आँखाको बीचमा फरफरायो भने सुख सुविधा मिल्ने सम्भावना हुन्छ र निकट भविष्यमा कुनै ठूलो उपलब्धि हुने सम्भावना हुन्छ ।

१०. यदि कुनै व्यक्तिको घाँटी तिरको स्थान फरफरायो भने मानसम्मान प्राप्त हुनसक्छ ।

११. देब्रे तिघ्रा फरफरायो भने अपमानित हुन सक्छ ।

१२. दाइने तिघ्रा फरफरायो भने धन प्राप्ति हुन सक्छ ।

१३. दाइने पैतला चिलायो अथवा फरफरायो भने कुनै कठिनाईको सामना गर्नु पर्छ । यात्रामा जानुपर्ने हुनसक्छ ।

Comments