पहिलो चरणमा मंगलबार २८१ नेपाली विद्यार्थी चीन जाँदै
- असार १९, २०७९ मा प्रकाशित
काठमाडौं । कोभिड-१९ का कारण नेपालमै अलपत्र परेका विद्यार्थीहरू आगामी मंगलबार चीन जाने भएका छन् । परराष्ट्र मन्त्रालयले कोभिड-१९ को महामारीका बेला नेपाल फर्कन बाध्य भएका र कोभिडपछि फर्कन नपाएका विद्यार्थीका लागि चीन फिर्ता पठाउन लम्बिङ गर्दै आएको थियो ।
अन्ततः कूटनीतिक पहलबाट नेपाली विद्यार्थीलाई चीनमा पठाउन लागिएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । मन्त्रालयले ८५० विद्यार्थी सूचीकृत गरेकोमा मंगलबार पहिलो चरणमा २८१ विद्यार्थी चीन पठाउन लागेको हो । बाँकी विद्यार्थीलाई अर्को चरणमा पठाइने मन्त्रालयले जनाएको छ ।
चीनमा एमबीबीएस पढिरहेका विद्यार्थी कोरोना महामारीका कारण नेपाल फर्कन बाध्य भएका थिए । त्यसपछि पढाइलाई निरन्तरता दिन चीन जान नपाउँदा पटक-पटक उनीहरूले आन्दोलन गरेका थिए । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा यस विषयमा पटक-पटक छलफल समेत भएको थियो । समितिले उनीहरूलाई चीन पठाउन पहल गर्न शिक्षा मन्त्रालयलाई निर्देशन नै दिनुपरेको थियो ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments