•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:21:59 AM

कतै नअडिने बाबुराम : जसपा पनि फुटाउने तयारी , उपेन्द्र संगै रहने अशाेककाे धारणा

- असार १७, २०७९ मा प्रकाशित


काठमाडाैं । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी छोडेपनि सोही पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् ।भट्टराईले पार्टी छाडेपनि अशोक पक्ष उपेन्द्रसँगै रहने स्रोतले जनाएको छ । स्रोतका अनुसार भट्टराईले तत्कालिन नयाँ शक्तिको टिम लिएर जाने र ‘नयाँ शक्ति बाहेक तत्कालिन संघीय समाजवादी फोरमको सिंगो टिम जसपामै रहने बताएको छ ।

अध्यक्ष उपेन्द्र यादवसँगको समझदारीमा नै भट्टराई पार्टीबाट अलग हुन लागेका हुन् । उनले आज/भोलिभित्रै नयाँ दल दर्ता गर्ने चर्चा सुरु भएको छ ।यादव र भट्टराईबीच हिजो मध्यराति भएको समझदारीमा दुवै जना अलग अलग हुने सहमति बनेको हो । जसअनुसार अहिले पार्टीको नाम र चुनाव चिन्ह उपेन्द्र यादव पक्षसँगै हुनेछ । पछिल्लो समय बाबुरामले पार्टीमा आफ्नो पक्षको बहुमत रहेको दाबी गर्दै आएका थिए ।

जसपाबाट बाबुराम निस्किएपछि आफ्नो नेतृत्वमा पार्टी गठन गर्ने भएका छन् । त्यसपछि मात्रै कुन पार्टीमा जाने भन्ने विषयमा निर्णय गर्ने छन् । यादव पक्षले अहिले कृषिमन्त्रीसमेत रहेका सांसद महिन्द्र रायदेखि सांसदहरु राजकिशोर यादव र अमृता अग्रहरी बाबुरामको नयाँ दलमा जानसक्ने अड्कलबाजी गर्न थालेका छन् ।

Comments