•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:13:58 AM

प्रधानमन्त्री पत्नी आरजु देउवालाई कोरोना भाइरस सङ्क्रमण

- असार १७, २०७९ मा प्रकाशित


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस सङ्क्रमण भएको छ। कोरोनाभाइरस सङ्क्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन्।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन्।

Comments