•  ५ जेष्ठ २०८१, शनिबार
  •  2:09:19 AM

छात्रावासका तीन बालिकामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक जेल चलान

- असार १७, २०७९ मा प्रकाशित


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ बाहुनधारास्थित शान्ति टोलको सर्वनाम शिक्षालयका एकजना शिक्षक बालिकामाथि यौन दुर्व्यवहार अभियोगमा जेल चलान भएका छन्।

छात्रावास सञ्चालक समेत रहेका शिक्षक रामजी बस्नेतलाई कक्षा ७ की ११ वर्षीया, १० की १४ वर्षीया र कक्षा ८ की १२ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार अभियोगमा जिल्ला अदालत काठमाडौंले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।

अदालतको उक्त आदेशपछि रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसे घर भइ सर्वनाम शिक्षालयमा पढाउँदै आएका बस्नेत डिल्ली बजार कारागारमा चलान भएका हुन्।

उनले करिब ६ महिनादेखि विभिन्न पटक ती बालिकाहरुको छाती तथा संवेदनशिल अंगमा छुने, अंगालो मार्ने र शरीरका अन्य भागमा मुसारेर बालयौन दुरुपयोग गरेको भन्दै उजुरी परेको थियो। त्यसपछि उनलाई प्रहरी बृत्त बौद्धमा परेको जाहेरी अनुसार पक्राउ गरिएको थियो। उजुरीपछि भागेर रामेछापको गोकुलगंगा पुगेका उनलाई प्रहरीले गत जेठ २१ गते पक्राउ गरेर ल्याएको थियो। 

Comments