•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:21:40 AM

रविलाइ पर्याे फसाद , रोजेको चुनाव चिन्ह ‘घण्टी’ यसअघि नै दर्ता

- असार १५, २०७९ मा प्रकाशित


काठमाडौं । गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने भएको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ ।

२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ । पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् ।

Comments