•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:54:45 AM

प्रदेश एकमा बाढीपीडित २८८ परिवारको उद्धार

- असार १५, २०७९ मा प्रकाशित


इटहरी । निरन्तर वर्षाका कारण विभिन्न स्थानमा डुवानमा परेका लगभग  २८८ घरका  ९ सय ३४ जनाको सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । 

झापाको बाह्रदशी गाँउपालिका-२ स्थित सुकुम्वासी बस्तीको डुवानमा परेका र गौरीगंज गाँउपालिका-१ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरुमा माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका लगभग १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।

सुरक्षा चौकी बैगुन्धुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको छ भने बाढी प्रभावित घरबाट खाद्यान्न लगायतका सामग्री पनि सुरक्षित स्थानमा सारेको छ ।

त्यस्तै, बीओपी दरैयाबाट खटिएको सशस्त्र प्रहरी बलले मोरङको कटहरी गाउँपालिका–१ टाईगर टोलका बाढी प्रभावित १३० घरबाट ५२० जना र विराटनगर महानगरपालिका–१ को ६० घरका २६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

Comments