•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:29:00 AM

गछिया खाेलाले मान्छे बगायाे : डुबानले सयाै परिवार बिस्थापित , सुनसरी र माेरङका अधिकांस भुभाग जलमग्न

- असार १४, २०७९ मा प्रकाशित


इटहरी । अविरल वर्षाका कारण माेरङ सुन्दरहरैचा स्थित स्थानिय गछिया खाेलामा आएकाे बाढिले बगाउदा एक जनाकाे मृत्यु भएकाे छ ।  सुन्दरहरैंचा ६ गछिया खाेलाले बगाउदा स्थानीय  ५८ वर्षीय रामबहादुर विककाे मृत्यु भएकाे गछिया प्रहरी चाैकिले जानकारी दिएकाे छ । उक्त खाेलामा पानीकाे बहाव क्रमश बढदै गएपछि किनार आसपास वसाेवास गर्ने दर्जन बढि वस्तिहरू खाली गराइ सुरक्षित स्थानमा सारिएकाे माेरङ जिल्ला प्रसाशन कार्यालयले जनाएकाे छ । 

यसै बिच पछिल्लाे २४ घण्टा यता परेकाे अविरल वर्षाले सुनसरी र माेरङका अधिकांस भु माग जलमग्न बनेका छन । सुनसरीकाे इटहरी , तरहरा , इनरूवा , दुहबी , रामधुनी , बराहक्षेत्र लगायतका क्षेत्रहरू जलमग्न बनेका छन भने माेरङकाे बिराटनगर , कानेपाेखरी , सुनवर्षी , सुन्दरहरैंचा , कटहरी , बेलबारी , ग्रामथान र बुढीगंगा गाउँपालिकाका अधिकांस क्षेत्रहरू पनि डुबानमा परेकाे माेरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए । 

अधिकारी दाहालका अनुसार बिराटनगर वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् । उनीहरुलाई उद्धारकार्य जारी रहेकाे र अहिले सम्म एक हजार २ सय परिवारलाइ उद्धार गरि सुरक्षित स्थानमा सारिएकाे पनि जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालय माेरङ अन्तरगत दैवि प्रकोप उद्धार समितिको मंगलबार दिउसाे ३ बजे बसेकाे बैठकले बाढिबाट प्रभावित क्षेत्रहरूमा तत्काल राहत उपलब्ध गराउन सुरक्षा निकाय देखि मातहतमा रहेका पालिकाहरूमा अनुराेध गरेकाे छ ।   

यता सुनसरीमा भने याे समाचार तयार पार्दा सम्म कुनै मानविय क्षति विवरण प्राप्त भएकाे छैन । तर सुनसरिकाे बिभिन्न स्थानियतहका अनुसार धेरै जसाे क्षेत्रहरू डुबानमा परेकाे खबर प्राप्त भएकाे छ । डुबानका कारण सुनसरीमा के कति क्षति भयाे साे बिववरण प्राप्त भएकाे छैन तर जिल्ला प्रसाशन कार्यालय ससुनसरीका अनुसार बिभिन्न पालिकाहरूमा बाढिका कारण  ४ सय भन्दा बढि मानिसहरू बिस्थापित भएकाे खबर प्राप्त छ । 

Comments