•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:55:01 AM

बिराटगरमा सिंगीया खाेला बस्ती पस्दा २५ परिवार बिस्थापित : इटहरीमा टेंग्राले मच्चायाे उत्पात

- असार १४, २०७९ मा प्रकाशित


इटहरी । लगातारको बर्षासँगै बढेको सिंघिया र केशलिया खोलाको बाढी बस्ती क्षेत्रमा पस्दा विराटनगर र इटहरीमा डुबान भएको छ । लगातारको वर्षाले विराटनगरको सिंघिया र केशलिया खोलामा बाढी उर्लिएको छ ।

प्रहरीका अनुसार मंगलबार सिंघिया खोलाको बाढी विराटनगरका कतिपय बस्तीतर्फ पसेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले विराटनगरका केही भागमा बाढी पसेको बताएका छन् । उनले खोला आसपासको होचा बस्तीमा पसेको जानकारी दिए ।

विराटनगर महानगरपालिका-८ मा सिंघिया खोलाको बाढी पस्दा २५ घर डुबानमा परेका छन् । घरमै पानी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन् । विराटनगर २ काे खाेला किनारका बस्तीमा पनि पानी पसेकाे छ ।  स्थानीय सुभाष कामतका अनुसार बाढीले बस्ती छाेएपछि स्थानीयबासी अन्यत्र सर्ने तयारी गरिरहेका छन् ।

यस्तै वर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ । स्थानीय टेंग्रा खोलाको बाढी बस्तीतर्फ पसेको छ । खेती खोला, बूढी खोला र सुकुमारी खोलामा पानीको बहाव बढेको छ ।

इटहरी वडा नम्बर-५, ३, ४, २, २०, ९ लगायत भागमा बाढी पसेर घरहरू डुबानमा परेका छन् । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले पानीको बहाव सहज गराउन डोजर लगाएर अवरोध हटाउने काम सुरु गरिएको बताए ।

Comments