•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:34:26 AM

फरार अभियुक्त समात्नमा सुनसरी प्रहरी देशभरकै उत्कृस्ट : एकै दिन समातिए ११६ जना अभियुक्त

- असार १४, २०७९ मा प्रकाशित


 इटहरी । गम्भीर प्रकृतिका अपराध गरी फरार अपराधीहरू सुनसरी प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरि धमाधम पक्राउ पर्न थालेका छन् । चालु आर्थिक वर्षको असार १३ गतेसम्म सुनसरी प्रहरीले ८ सय ४१ फरार अभियुक्त पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी संन्जयसिंह थापाले जानकारी दिए ।

फरार पक्राउ पर्ने अभियुक्त कर्तब्य ज्यान, अपहरण तथा शरिर बन्धक, जवरजस्ती करणाी, डाका लगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका अभियुक्त घटना घटाएर २४ वर्षसम्म फरार भएका प्रतिवादीलाई सुनसरी प्रहरीले विशेष प्रहरी खटाएर पक्राउ गरेको छ । फरार अपराधी प्रहरीले एकै दिनमा ११६ जनासम्मलाई पक्राउ गरि अदालत बुझाएको छ ।

‘फरार पक्राउ’ अभियान अन्तर्गत प्रहरीले चालु आर्थिक वर्षको साउन १ गतेदेखी २०७९ वैशाख ३० गतेसम्म ६१३ जना फरार प्रतिवादीहरु पक्राउ गरेको थियो । वैशाख ३० गतेको स्थानिय तहको निर्वाचन पछि २२८, असारको १३ दिनमा २१७ र असार १२ गते एकैदिन ११६ जना फरार अभियुक्त पक्राउ गरि अदालत बुझाएको एसपी थापाले जानकारी दिए । प्रहरीले ८४१ फरार अभियुक्तले १८२ बर्ष ८ महिना ५ दिन कैदान भुक्तान र १ करोड १४ लाख ३६ हजार ५२० रुपैयाँ राजस्व असुली गरेको छ ।

सुनसरीमा ३ हजार ८ सय फरार मध्ये ८४१ पक्राउ परेका हुन् । फरार अभियुक्त पक्राउ गर्ने सुनसरी प्रहरी देशभरीमै अगाडी रहेको सर्वोच्च अदालतको फैसला कार्यन्वयन शाखाको अभिलेखमा देखिन्छ । प्रदेश १ भरीमा चालु आर्थिक वर्षको पुससम्ममा १ हजार १ सय ६८ जना फरार अपराधी पक्राउ परेका छन् । १४ जिल्ला रहेको प्रदेशमा जम्मा पक्राउ परेको मध्ये आधा भन्दा बढी सुनसरी प्रहरी फरार अभियुक्त पक्राउ गर्न सफल भएको देखिएको छ ।

‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं,’ एसपी थापाले भने, ‘अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमवाट अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि दिएको एसपी थापाले बताए ।

‘अपराध गरेपछी सजाय भुक्तान नगरी वचेर वस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ एसपी थापाले भने ।जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको उनले बताए । ‘पीडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई सुनसरी प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ एसपी थापाले भने ।

२४ वर्षपछि पनि अपराधी पक्राउ

जघन्य अपारधका अभियुक्तलाई सुनसरी प्रहरीले अपराध गरेको २४ वर्षपछि प्रतिवादी पक्राउ परेका छन् । कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएको अभियुक्त गंभिर दनुवारलाइ सुनसरी प्रहरीले आठ वर्षपछि पक्राउ ग¥यो । प्रहरीले घटना भएको ८ वर्षपछि काठमाण्डौदेखि पक्राउ गरेको हो । २०७१ मंसिर १ गते भोजपुर हसनपुरका १९ वर्षिय चित्रकुमार मग्रातीको हत्या उनकै साथीहरु मिलेर धरानको विष्णुपादुका स्मृति पार्कमा गरेका थिए । पिककिन खाना क्रममा विवाद बढदै गएपछि मग्रातीलाई बिक्रम मिलि, गम्भिर दनुवारले कुटपिटबाट मृत्यु भएको थियो । चित्रको मृत्यू भएपछी जंगलमा लगेर सेउला र झारपातले पुरी उनीहरु फरार भएका थिए ।

फरार भएका मध्ये विक्रमलाई प्रहरीले २०७१ मंसिर १४ गते भोजपुरको दिङलावाट पक्राउ गरी कर्तब्या ज्यान मुद्दा चलायो । सुनसरी अदालतलले २०७१ पुस ८ बिक्रमलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो । घटनका संलग्न दनुवार फरार थिए ।फरार रहेका अभियुक्त दनुवारलाई दुई महिनासम्म नियमित निगरानीमा राखेर सुनसरी प्रहरीले असार १० गते काठमाण्डौबाट पक्राउ गरेको थियो । उनी अहिले थुनामा कैद भुक्तान गर्दै आएका छन् ।

सुनसरी भोक्राहा ४५ वर्षिय बसन्त खत्वेले आफनै नातिनी हत्या गरेको १२ वर्षपछि प्रहरीले पक्राउ ग¥यो । बसन्तले २०६६ मा घाँटी बटारी नातिनीको हत्या गरेका थिए । कर्तब्य ज्यान मुद्दामा प्रतिवादी बस्नतलाई सुनसरी अदालतले २०७४ वैशाख २४ गते २० बर्ष कैद सजायको फैसला सुनाएको थियो । घटनापछि फरार रहेका बसन्तलाई प्रहरीले २०७८ साउन १७ गते पक्राउ गरेपछि अहिले उनी झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका छन् ।

सुनसरी दुहवी नगरपालिका ४ का गुल्वा भन्ने गुलाम मियाले २०५४ सालमा छिमेकी रसु चौधरीलाई जग्गाको बिषयमा बादबिवाद हुँदा बासँको भाटाले हानी हत्या गरेका थिए । हत्या गरेपछि उनी फरार रेहका थिए । कर्तब्य ज्यान मुद्दामा सुनसरी अदालतले २०६० माघ २६ गते २० बर्ष कैद सजायको फैसला सुनाएको थियो । हत्या गरेपछि फरार भएको २४ वर्षपछि मियालाई सुनसरी प्रहरीले २०७८ साउन ३० गते पक्राउ गरि अहिले झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका छन् ।

Comments