•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:04:43 AM

तिन घण्टाकाे वर्षाले इटहरी जलमग्न , जता हेर्याे त्यतै पानी पानी , बिद्यालयहरू बन्द

- असार १४, २०७९ मा प्रकाशित


इटहरी । मंगलबार बिहान ३ बजे देखि परेको अविरल वर्षाका कारण इटहरी जलमग्न बनेको छ । वर्षाले साना पैनीहरू भरीएर राजमार्ग ढाकेका छन भने ठुला खोलाहरू बाढिमा परिणत भइ मानव वस्ति प्रवेश गरेको छ । यतिबेला इटहरीको अधिकांस क्षेत्रहरू डुबानमा परेको छ ।

इटहरीको तरहरा , खनार , पकली , एकम्बा , हाँसपोसा लगायतका ठाउहरू हाल जलमग्न बनेका छन ।  इटहरीको मुख्य राजमार्ग क्षेत्र अहिले जलमग्न बनेको छ भने तरहरा , जनता वस्ती ,आइतबारे , हलगडा , आपगाछी लगगायतका स्थान पनि पानी पानी बनेका छन ।३ घण्टा देखि परेको अविरल वर्षाले इटहरीको टेंग्रा खोला , खेति  खोला,बुढि खोलामा पानीको बहाव उच्च भइ मानव वस्ति प्रवेश गरेको हो ।

यसै बिच स्थानीय खोला तथा पैनीमा पानीको बहाव उच्च भइ अधिकांस स्थान जलमग्न बनेपछि इटहरी उपमहानगरमा क्षेत्रमा सञ्चालित निजि एएववम सामुदायिक बिद्यालयहरू बन्द गरिएको छ । मौसम खराब भएको कारण देखाउदै इटहरीका बिद्यालयहरू एक दिनका लागि बिदा गरिएको हो ।

यता बाढिबाट प्रभावित क्षेत्रमा इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल स्थानियहरूको उद्धारमा आफै खटिएका छन । बाढिबाट मानविय क्षती हुन नदिने मेयर पौडेलले उपमहानगर क्षेत्रमा रहेका सबै संयनत्रहरूलाइ तत्काल उद्धार कार्यमा खटिन आग्रह समेत गरेका छन । 

Comments