•  ५ जेष्ठ २०८१, शनिबार
  •  4:11:47 AM

इटहरीमा मेनपावरकाे अवैध धन्दा : अनुगमन अघि नै सुचना लिक : व्यवसायी फरार , कामदार पक्राउ

- असार १३, २०७९ मा प्रकाशित


इटहरी । सम्बन्धित निकायबाट अनुमति नलिइ सञ्चालन भएका अवैध मेनपावरबाट ठगिएको गुनासो बढेपछि आइतबार   श्रम तथा रोजगार कार्यालय विराटनगर, र जिल्ला प्रशासन कार्यालय सुनसरीले संयुक्त रूपमा इटहरी भित्र सञ्चालित मेनपावर कम्पनिहरूमा छापामार शैलीमा अनुगमन गरेको छ । इटहरीको बिभिन्न स्थानमा सञ्चालित ७ वटा मेनपावरहरूमा अनुगमन गर्दा ३ वटा अवैध भेटिएका थिए । 

अनुगमन गर्नुअघि नै सुचना लिक भएपछि अधिकांस मेनपावर व्यवसायिहरू कार्यालयमा ताला लगाएर फरार भएका थिए ।प्रसाशनको टोलिले इटहरीको धरान रोड,गोरखा गल्ली, पूर्वलाइन टेग्रा पारिका मेनपावरहरूमा अनुगमन गरेको थियो ।अनुगमनको क्रममा धेरै जसो मेनपावरहरू कर्मचारीकै भरमा सञ्चालन भएको भेटिएको थियो भने न्युनतम पारिश्रामिक नदिइ कर्मचारी राखिएको समेत फेला परेको थियो । 

प्रसाशनले टापा मार्दै गर्दा ब्यवसायिहरू बिच भागदौड मच्चीएको थियो । सञ्चालक फरार रहेपनि प्रहरीले अवैध मेनपावरका काम गर्ने २ जना महिला कर्मचारीहरूलाइ नियन्त्रणमा लिएको छ । अनुगमन अघिनै सुचना लिक भएको कारण सोचे जस्तो सफलता नमिलेको श्रम तथा रोजगार कार्यालय बिराटनगरका शाखा अधिकृत पुण्यप्रसाद पौडेलले बताए । उनले हामि अनुगमनमा आउने जानकारी कसैलाइ नभएको तर एकाएक सुचना कसरी लिक भयो जानकारी नभएको पनि बताए । तर पनि अनुगमन निरन्तर रहने बताए । 

अवैध मेनपावरबाट स्थानियले पाउनु दुख पाएको ब्यापक गुनासो बढेपछि इटहरी लगायतका मुख्य शहरहरूमा प्रसाशनको सहकार्यमा श्रम तथा रोजगार कार्यालय बिराटनगरले अनुगमन थालेको शाखा अधिकिृत पौडेलले बताए ।  यस्ता मेनपावरहरूबाट स्थानियहरू लुटिने , रकम लिने तर पासवर्ड राखेर बिदेश नपठाउने झुलाइरहने , अरूको डिमान्ड चोरेर उल्लु बनाउने , बाहिर बोर्ड एउटा राखेर भित्र अर्कै नामबाट सञ्चालन हुने गरेको जस्ता गुनासो आएपछि अकस्मात अनुगमन गरिएको शाखा अधिकिृत पौडेलले बताए । 

इटहरीमा कुल ८६ वटा मेनपावरहरू सञ्चालन हुदै आएका छन जसमध्ये १६ वटा मात्रै कानुन सम्वत सञ्चालन हुदै आएका छन ।

अनुगमनकाे नाममा व्यवसायी तर्साउने खेल भयाे – ब्यवसायी

यता आइतबार भएको अनुगमनको बिषयलाइ लिएर इटहरीमा सञ्चालित बैधानिक मेनपावरका सञ्चालकहरूले सोमबार पत्रकार सम्मेलन गर्दै ब्यवसायलाइ तर्साउने खेल मात्रै भएको अभियोग लगाएका छन । 

बैदेशिक रोजगार संघ सुनसरीले सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै अवैध मानिएका मेनपावर व्यवसायिहरूलाइ कानुनको दायरामा ल्याउन पहल गरिने तर त्यसको लागि रोजगार कार्यालय तथा प्रसाशनले पनि समय दिनुपर्ने सुझाएका छन । 

बैदेशिक रोजगार संघ सुनसरीका अध्यक्ष दुर्गा थापाले राम्रो कामको लागि भएको अनुगमनलाइ निरन्तरता दिनुपर्ने बताए । तर शान्त वातावरणमा अनुगमन हुनुपर्ने उनको तर्क थियो । त्यस्तै इटहरी उपमहानगर ४ का वडाध्यक्ष तथा वैदेशिक रोजगार संघ सुनसरीका  पूर्व अध्यक्ष भक्त लामाले अनुगमनलाइ व्यवसाय तर्साउने खेलको संज्ञा दिएका छन । उनले अनुगमनको नाममा व्यवसायहरूलाइ प्रसाशनले धर पकड गरेको भन्दै घटनाप्रति भत्सर्ना ससमेत गरेका छन । 

इटहरीमा कानुन बिपरित मेनपावरहरू पछिल्लो समय च्याउ सरी पलाएको स्विकार्दै उनिहरूलाइ दर्ता प्रकिृया लगायत कानुनको दायरामा ल्याउन आफै पनि पहल गर्ने तर त्यसकालागि श्रम तथा रोजगार कार्यालय , प्रसाशनले पनि निश्चित समय दिनुपर्ने बताए ।पत्रकार सम्मेलनमा उपस्थित अधिकांस मेनपावर कम्पनिका शाखा सञ्चालकहरूले अवैध मेनपावर ब्यवसायिहरूलाइ कानुनको दायरामा ल्याउन संघले सक्दो सहल गर्नुपर्ने सुझाव राखेका थिए । 

Comments