•  ५ जेष्ठ २०८१, शनिबार
  •  2:09:42 AM

झापामा बोराभित्र पुरुषको शव फेला, हत्याको आशंका

- असार १३, २०७९ मा प्रकाशित


झापा । झापामा एक पुरूषको शव फेला परेको छ । जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा आइतबार बेलुकी करिब ४५ वर्ष उमेरको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको हो । उनको पहिचान खुलेको छैन । ती पुरुषको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments