•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:14:31 AM

धरानका मेयर हर्क साम्पाङकाे उदघाेष : धरानलाइ देशकै सबैभन्दा सफा शहर बनाउछु !

- जेष्ठ १८, २०७९ मा प्रकाशित


इटहरी ।धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङले धरानलाई नेपालकै सबैभन्दा सफा शहर बनाउने अभियानमा लागेको बताएका छन ।

उनले मंगलवार सामाजिक सञ्जाल फेसबूकमा लाइभ गर्दै पानीको मुहान दुषित हुँदा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै पानीको मुहानवरपर सफा राख्न महानगरबासीलाई आग्रह गरेका हुन् ।

राईले पानीका मुहान आसपासमा नुहाउने तथा कपडा धुने काम नगर्न महानगरवासीलाई अपिल गरेका छन् ।

उनले भनेका छन्,‘हामी धरानलाई नेपालकै सफा शहरहरूमध्ये एउटा अथवा नेपालकै सबैभन्दा सफा शहर बनाउने अभियानमा लागेका छौँ । अब उप्रान्त हामीले आफ्नो घरअगाडि कुनै किसिमको फोहोरमैला (चाउचाउको खोल, पानीको बोत्तल, सिसाको टुक्रा ) देखिएको छ भने त्यसलाई टिपेर व्यवस्थित तरिकाले व्यवस्थापन गर्न सिकौँ ।’

उनले नगरपालिकाले कार्यक्रम पनि ल्याउने समेत बताए ।

Comments