•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:44:14 PM

जबरजस्ती करणीको अभियोगमा पक्राउ, कुटपिटबाट एक जनाको मृत्यु

- बैशाख २६, २०७९ मा प्रकाशित


इटहरीः इलाममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बा ५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका १३ बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

उक्त गाडीमा काठमाडौंबाट इलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका ७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरीले बुवालाई फोन गरी लिन बोलाएको अवस्थामा एक्लै पारी सहचालकले जबरजस्ती करणी उद्योग गरी फरार भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनाको विषयलाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालक नुवाकोट तारेकेश्वर गाउँपालिका २ वगुवा बस्ने ३४ वर्षीय दीपक ढुंगानाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments