•  ५ जेष्ठ २०८१, शनिबार
  •  2:15:39 PM

अपरिचित व्यक्तिले दिएको नखानू

- बैशाख २६, २०७९ मा प्रकाशित


काठमाडौंः अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान नेपाल प्रहरीले अनुरोध गरेको छ ।

स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उमेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो ।

प्रहरीले आज सार्वजनिक सूचना जारी गरी निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना प्राप्त भएमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ । -रासस

Comments