•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:41:53 AM

दिंवगत समाजसेवी रिजालको प्रथम वार्षिक पुन्य तिथी

- बैशाख २५, २०७९ मा प्रकाशित


इटहरी । इटहरीमा रहेर लामो समयसम्म  विभिन्न क्षेत्रमा योगदान पु¥याएका समाजसेवी दिंवगत हरिप्रसाद रिजालको प्रथम बार्षिक पुन्य तिथी सम्पन्न भएको छ।

अघिल्लो वर्ष २०७८ जेठ २ गते निधन भएका समाजसेवी रिजालको वार्षिक पुन्य तिथी परम्परागत विधि अनुसार टुंगिएको हो । रिजालको स्मृतिमा शनिबारदेखि पुराण पनि सकिएको छ।

इटहरी  गाउँ  पञ्चायत हुँदा वडा नं.  ५ का वडाध्यक्ष रहेका रिजालले इटहरीका हरेक सामाजिक गतिविधीमा योगदान गरेका छन् । उनी जनता  क्याम्पस  जग्गाका लागि जग्गा दातासँगै दुई पटकसम्म क्याम्पस सञ्चालक समिति अध्यक्ष, इटहरी वडा नं. ५ वन उपभोक्ता समितिको अध्यक्ष, कब्यबाटिकाका अध्यक्ष, इटहरी वडा नं. ५ जेष्ठ  नागरिक समितिको अध्यक्ष, लक्ष्मी  नारायण  मन्दिरको अध्यक्ष, राधाकृष्ण शिव मन्दिरको आजीवन  सदस्यसहित बग्रेल्ती सामाजिक संस्थामा आबद्द भएर योगदान गरेका थिए । विं. स. १९९९ मंसिर १२ गते जन्मिएका रिजालले रेडियो परिवर्तनका अध्यक्ष समेत रहेका थिए ।

रिजालले समाजका हरेक क्षेत्रमा आबद्द भएकाले गर्दा अनुभवले खारिएकैले गर्दा जुन संस्थामा आबद्द हुने गर्थे, त्यस संस्थाको सफलतामा उनको योगदान हुने गरेको थियो ।

Comments