•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:38:59 AM

सुन्दरहरैंचा ५ लाई समृद्ध बनाउने एमाले उम्मेदवार गणेश चौधरीको प्रतिबद्धता

- बैशाख २५, २०७९ मा प्रकाशित


इटहरीः सुन्दरहरैचा नगरपालिका वडा नं ५ मा युवा तथा खेलकुदप्रेमी गणेश चौधरी चुनावी मैदानमा होमिएका छन।

२०७४ सालमा स्थानिय तहमा निर्वाचित सदस्य पदमा उनी सबैभन्दा बढी १५८२ मत ल्याएर बिजयी बने। समाजमा पुर्याएको योगदानकै कारण जनता माझ यति बेला उनि लोकप्रिय बनेका छन।

उनको बुवा जयलाल चौधरी नेकपा एमालेको तर्फवाट गाबिस हुदा सबिक सुन्दरपुर –३ का वडा अध्यक्षबाट निर्वाचित भएको थियो। बुवा एमालेमा आस्थावान नेता भएका कारण राजनीति प्रतिको रुचि उनिमा सानैदेखि थियो।
उनी दर्जनौ संघ्संस्थामा आवद्ध तथा पार्टी भित्र बिभिन्न पद समाल्दै सकृय रुपमा राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य पद समेत समालेका छ्न।
बृद्ध बृद्धा युवाको ढुकढुकी बनेका उनी समाजवादी चरित्रका कारण असाह, विपन्नको भावना पीडा दुख बुझ्ने युवा उमेरदवार हुन।चौधरीले निर्वाचन जितेपछी यस क्षेत्रलाई समृद्ध र सुन्दर नमुना वडा बनाउने कुरामा जोड दिएका छन।उक्त वडामा →रहेको हसिना सिमसार र गौशाला बृद्धाबनलाई पर्यटकीय क्षेत्रमा बिकास गरि राष्ट्रिय स्तरमा चिनाउने योजना रहेको बताउछ्न।

वडाको मुख्य समस्या बाढी र डुबान क्षेत्र रहेका कारण आफ्नो कार्यकालमा आवश्यक ठाउँमा तटबन्ध गर्ने र खानेपानी, स्वास्थ्य, कृषि क्षेत्रको बिकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बुनेका छन।

यो वडामा नेपाली कांग्रेसका निबर्तमान अध्यक्ष रहेका राम रिजाल पुनः वडा अध्यक्षको उम्मेदवार बनेका छ्न । अन्य प्रत्यासी उम्मेदवार भन्दा बढी रिजाल र चौधरीको बिच मुख्य प्रतिस्पर्धा रहनेछ।

Comments