•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:52:37 AM

अब काँग्रेसले कहिल्यै नजित्ने मेयर चौधरीको दाबी

- बैशाख २५, २०७९ मा प्रकाशित


इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा नेपाली काँग्रेसले कहिल्यै नजित्ने दावी गरेका छन् ।

नेकपा (एमाले) इटहरीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धन र काँग्रेसले इटहरीमा जित्न नसक्ने दावी गरेका हुन् । ‘अब नेपाली काँग्रेसले कहिल्यै जित्ने छैन । गठबन्धनले कहिल्यै जित्ने छैन । र, नेपाली जनता कहिल्यै हार्ने छैनन्’, मेयर चौधरीले भने ।

इटहरीमा गाउँपञ्चायतदेखि हाल उपमहानगर हुँदासम्म जित्दै आएको स्मरण गराउँदै उहाँले एमालेलाई कसैले हराउन नसक्ने दावी गरेका छन् ।

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै उनले इटहरीमा एमालेले सधै जितिरहने दावी गरे ।

‘नेकपा (एमाले) संधै जितिरहने छ, र नेपाली जनता संधै जितिरहने छन्’, मेयर चौधरीले भने । अहिलेको गठबन्धन एमालेलाई स्थानीय तहमा एमालेलाई जित्नबाट रोक्नलाई मात्रै बनेको उनको भनाइ छ । त्यसपछि गठबन्धनको भविष्य धरापमा पर्ने उनको भनाइ छ ।

Comments