•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:47:10 AM

सुन्दरहरैँचा नगरपालिका २ का एमाले उम्मेदवार प्रधानको नारा ‘हाम्रो वडा सफा सुन्दर हरित, लगौँ बनाउन तपाईँ र म सहित’

- बैशाख २५, २०७९ मा प्रकाशित


इटहरीः सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २ अन्य वडाको तुलनामा कम विकसित मानिन्छ । नेपाली काँग्रेसले त्यही अविकसित वडाका ऊर्जाशील युवा विवश प्रधानलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

उमेरले भर्खरै २६ वर्ष पुरा भएका उनी ज्येष्ठ नागरिक देखी बालबालिकाको मुद्दामा केन्द्रित भएका छन् । ज्येष्ठ नागरिकलाई घरमै उपचारको व्यवस्था मिलाउने उनले बाचा गरेका छन् । युवा स्वरोजगारको लागि सीपयुक्त युवा उत्पादन गर्ने उनले सुनाए। बाल उद्यान निर्माणको लागि आफू प्रतिबद्ध भएको उनको भनाई छ । सफा सुन्दर वडा बनाउन ‘हाम्रो वडा सफा सुन्दर हरित, लगौँ बनाउन तपाईँ र म सहित’ भन्ने नारा तय गरेका छन् ।

काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन वडाध्यक्षलाई सल्लाह दिने विशेष सल्लाहकार समिति गठन गर्ने उनको घोषणापत्रमा उल्लेख गरिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गलाई घरघरमै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था मिलाउने देखी थारु संस्कृतिको संरक्षणको लागि थारु अध्ययन संग्राहलय निर्माण गरिने भएको छ ।

विद्यालयका छात्रालाई निःशुल्क स्यानीटरी प्याड उपलब्ध गराउने र वार्षिक ५ जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्तिको व्यवस्था मिलाउने उनले घोषणा गरेको छन् । वडाभरि वृक्षारोपण गर्ने, हाटबजार व्यवस्थित गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, प्लास्टिक मुक्त वडा निर्माण गर्ने सङ्कल्प गरेका छन् ।

Comments