•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:42:23 AM

‘प्रचण्डले थर्काएपछि प्रधानमन्त्री शेरबहादुर देउवा थुर्थुर भए’ः ओली

- बैशाख २५, २०७९ मा प्रकाशित


काठमाडौः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थर्काएपछि प्रधानमन्त्री शेरबहादुर देउवा थुर्थुर भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्।’प्रचण्डले चितवनमा थर्काएपछि देउवाजी थुर्थुरी भएछन्। काठमाडौं आएपछि रेनु दाहाल पनि मेरै हो भनेर भोट माग्न थाले’, उनले भने, ’निर्वाचन आयोगले एक दलले अर्को दललाई मत माग्न नहुने भनेको छ। तर सत्ताका हकमा निर्वाचन आयोगले केही देख्दैन। पट्टी बाँधेर बसेको छ।’

रेनुलाई भोट माग्न राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पनि आइपुगेको भन्दै उनले कटाक्ष गरे। ’हुँदा हुँदा रेनुलाई भोट माग्न चित्रबहादुर केसी पनि लठ्ठी टेक्दै आइपुगे छन्’, उनले भने, ’तर निर्वाचन आयोग यी कुरा देख्दैन।’

Comments