•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:09:29 AM

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक महिला पक्राउ

- बैशाख २५, २०७९ मा प्रकाशित


इटहरीः मोरङको विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी इलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

Comments