•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:41:51 AM

लोकतान्त्रिक बाम गठबन्धनले भोलि वृहत चुनावी सभा गर्दै, विश्वप्रकाश शर्मा पनि आउने

- बैशाख २५, २०७९ मा प्रकाशित


इटहरीः आसन्न स्थानीय निर्वाचनको लागि लोकतान्त्रिक बाम गठबन्धनले भोली बैशाख २६ गते सोमबार इटहरीको दक्षिण लाईन साथी पेट्रोल पम्पको पछाडी पट्टि वृहत चुनावी आमसभा गर्ने भएको छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेद्वारहरु मेयरमा नेपाली कांग्रेसमा उम्मेद्वार हेमकर्ण पौडेल र उपमयेरमा नेकपा एकिकृत समाजवादीका केशव कुमार विष्टलाई विजयी गराउन गठबन्धनमा आवद्ध दलहरुका शिर्ष नेताहरुको उपस्थितीमा विशाल चुनावी आमसभा आयोजना गर्न लागिएको बताइएको छ ।

पुर्व प्रधामन्त्री एंव नेकपा एकिकृत समाजवावीका नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा आयोजना हुने चुनावी सभामा नेकपा माओवादीका तर्फबाट राम नारायण विडारी र शिव डाँगी साथै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एकिकृत समाजवादीको इटहरी नगर इन्चार्ज केवल प्रसाद फुँयालले बताए ।

फुयाँलका अनुसार सोमबार इटहरीमा दश हजार भन्दा धेरै जनशक्ति प्रदर्शन गर्ने गठबन्धनको योजना छ । चुनावी सभामा उपस्थित हुन आउने कार्यकर्ताहरु इटहरी वडा नम्बर ७, १८, १७, १६ र ५ बाट आउने हिरा होटल नजिक र वडा नम्बर १५, १४, ११, १२, १३, बाट आउने कार्यकर्ता साथी फ्युल सेन्टर , ८ , ९ र १० बाट आउनेहरु नविल बैँक साथै वडा नम्बर १९, २० र १ बाट भेला हुनेहरु आइतबारे चौक र वडा नम्बर २, ३ र ६ का कार्यकर्ता उपमहानगरपालिका अगाडी भेला भएर चुनावी सभामा रयाली सहित उपस्थित हुने नेकपा एसका निर्वाचन परिचालन कमिटी संयोजक ठमनाथ लम्सालले जानकारी दिएका छन् ।

सोमबार हुने कार्यक्रमको संयोजन नेपाली कांग्रेसले गर्ने नेपाली कांग्रेस इटहरी नगर कार्यवहाक सभापति कोविदजंग कार्कीले बताए ।

Comments