•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:15:14 AM

स्थानीय कृषि उपजको बजारीकरण गर्ने धरानका मेयर उम्मेदवार किशोर राईको रणनीति

- बैशाख २५, २०७९ मा प्रकाशित


धरानः धरान धरानको वडा नं २० को विष्णु पादुकामा भएका कृषि उपजको बजारीकरण धरान २० मै केन्द्रित गर्ने मेयरका उम्मेदवार किशोर राईले बताए ।

धरानको वडा नं २० मा लोकतान्त्रिक बाम गठबन्धनको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै यस विषयमा गम्भीर ध्यान र्पुयाइने उनले बताए । उनले स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्रभावकारी रूपमा बजारीकरणमा जोड दिने बताए ।

विशेष गरेर युवाहरूलाई ठाउँ विशेष अनुसार उत्पादन क्षेत्रमा संलग्न हुन प्रोत्साहन गर्नुपर्ने उनले बताए । घरदैलो कार्यक्रमको कोण सभालाई सम्बोधन गर्दै उनले भने अब धरान २० को कृषकहरूले आफ्नो उत्पादनको बजार खोज्न धरान भानु चौक झर्नु नपर्ने बताए ।

अब यस क्षेत्रको उत्पादनलाई बढवा दिएर उक्त उत्पादनको बजार यही ठाउँमा हुनुपर्नेमा आफ्नो जोड रहने उनले बताए ।

घरदैलो कार्यक्रम निकै उत्साहजनक भइरहेको बताउँदै धरान २० ले विकाश र समृद्धिको पक्षमा मत हाल्न तयार भएको भन्दै उक्त भेलामा उपस्थित जनसमुदायलाई धन्यवाद दिए । यसै गरेर यस क्षेत्र कृषिसँगै पर्यटनको सम्भावना बोकेको भूगोल भएकोले यस क्षेत्रका सम्भावित पर्यटन क्षेत्रलाई विकास गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिने उनले प्रतिबद्धता जाहेर गरे ।

धरान २० को कृषि क्षेत्रको विकाससँगै भौतिक पूर्वाधार निर्माणको सवालमा भने पहिलो प्राथमिकतामा राखिने राईले बताए । उनले भने यस वडाको सडक विस्तारमा स्तरोन्नति गरी यहाँको जनतालाई धरानको सुविधासँग नजिक बनाउने प्रतिबद्धता जाहेर गरे ।

Comments