•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:46:58 AM

मेयरका उम्मेद्वार हेमकर्ण भन्छन – एक पटक अवसर दिनुस ५ वर्षमा इटहरीकाे स्वाेरूप परिवर्तन गरेर देखाउछाै

- बैशाख २५, २०७९ मा प्रकाशित


तेज बन

इटहरी ।  स्थानिय तहको निर्वाचन मिति नजिकिदै गर्दा सुनसरीको इटहरीमा बिभिन्न दलहरूले मतदातालाइ आफ्नो पक्षमा पार्न शक्ति प्रदर्न गर्दै आएका छन । यसै क्रममा इटहरी उपमहानगरको ६ र ९ नं वडामा लाकतान्त्रीक वामगठवन्धनले आइतबार चुनावि र्याली सहित कोणसभा गरेको छ ।

इटहरी वडा नं ६ र ९ काे गठबन्दनले संयुक्त आयाेजना गरेकाे र्याली बिपी चौकबाट सुरू भइ फुलबारी टोल , अनामनगर र बसपार्क हुदै पुन बिची चौक आएर कोणसभा गरेको थियाे। र्यालीमा ५ सय जना भन्दा बढी कार्यकैताहरूको उपस्थिति रहेको थीयो ।  कोणसभा अघि संयुक्त गठबन्धनबाट इटहरीमा मेयर पदका उम्मेद्वार नेपाली कांग्रेस उपमहानगर सभापती हेमकर्ण पौडेल र वडा नं ६बाट वडाध्यक्षका उम्मेद्वार दिवस पोख्रेलले बिपी चौकमा अवस्थित बिपी कोइरालाको शालीकमा माल्यापर्ण गरेका थिए ।

चौकमा आयोजित कोण सभालाइ सम्बोधन गर्दै मेयर पदका उृम्मेद्वार हेमकर्ण पौडेलले गठबन्धनलाइ एक पटक अवसर प्रदान गर्न सम्पुर्ण उपमहानगरवासिहरूलाइ अनुरोध गरेका छन ।

इटहरीमा ३० वर्ष देखि अन्य दललले जितिरहदा नगरवासिहरू हारिरहेको बताउदै अबको निर्वाचनमा ३० सेकेन्ड बिचार बदलेर गठबन्धनलाइ भोट गर्न उनले आग्रह गरे ।

तपाइहरू भोट हाल्ने बेलामा ३० सेकेन्ड मात्र बिचार बदलिदिनुस र गठबन्धनलाइ जिताउनुस हामि ५ वर्ष भित्र इटहरीको स्वोरूप बदलिदिनेछौ हेमकर्णले भने । इटहरीवासिले वर्षौदेखि  भोग्दै आएको वाढीका समस्याहरू ५ वर्ष भित्रमा नै सामधान गरेर लैजाने ठोस योजना आफुसंग रहेको प्रस्ट पार्दै पौडेलले शिक्षा , स्वास्थ्य , यातायात , मज्दुर तथा निमुखाहरूकालागि पनि बिशेष योजना बनाइसकेको बताए ।

तपाइहरू पार्टि बदल्नुस हामि भन्दैनौ  भोट हाल्ने बेलामा केवल बिचार मात्रै बदलदिनुस हामि इटहरी शहरको स्वोरूप नै बदलेर देखाइदिने छौ पौडेललले भने ।

प्रत्येक नागरिकलाइ सुरक्षाको प्रत्याभुति दिलाउनेगरी काम गरेर देखाउने प्रतिवध्ता गर्दै ५ वर्ष भित्रमा नगरवासिहरूलाइ इटहरीवासि भएर बसेकोमा गर्व गर्न लायकको बनाउने बताए । कोणसभामा ६ नं वडाध्यक्षका उम्मेद्वार दिवस पाेख्रेलले इटहरीकाे मुटु शहर बजारका समस्याहरू सामधान गर्ने तर्फ आफुहरू तत्पर रहेकाे बताए । पाेख्रेलले इटहरीकाे समृद्धि र बिकाशकालागि आफुहरू लागिपर्ने पनि प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष पदका उम्मेद्वार गाेविन्द निराैलाले पनि सम्बाेधन गरेका थिए भने उपमेयर पदका उम्मेद्वार नेकपा एकिकृत समाजवादिका केन्द्रिय सदस्य तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव बिस्टकाे पनि उपस्थिती रहेकाे थियाे ।

Comments