•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:46:32 AM

स्थानीय सत्ता नै निर्वाचन आचारसंहिता मिच्दै, वितरण गर्न लागिएको ह्युमपाइप प्रहरीद्वारा बरामद

- बैशाख २४, २०७९ मा प्रकाशित


इटहरीः मोरङको लेटाङ नगरपालिका ८ जाँतेमा निर्वाचन आचारसंहिताविपरीत वडा कार्यालयले वितरणका लागि मगाएको ह्युमपाइप प्रहरीले बरामद गरेको छ ।

वडा कार्यालयले अनाधिकृत रुपमा ह्युमपाइप वितरण गर्न लागेको नेकपा एमाले र मङ्गोल नेसनल अर्गनाइजेसनका कार्यकर्ताहरुले जानकारी दिएपछि स्थानीय प्रहरीले ह्युमपाइप नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जाँते बजार नजिकै नोवेल बोर्डिङ स्कुलनजिकैबाट बरामद गरिएको ह्युमपाइप प्रहरी चौकी जाँतेमा राखिएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । उनका अनुसार प्रदेश ०१ ००१ त ९२६९ नम्बरको ट्रयाक्टरमा ल्याइएको ५ वटा ह्युमपाइप प्रहरीले नियन्त्रणमा लिएको हो ।

Comments