•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:28:47 AM

रामधुनीमा कांग्रेसका बागी उम्मेदवारले गरे आत्महत्या

- बैशाख २४, २०७९ मा प्रकाशित


इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका गणेश पौडेलले आत्महत्या गरेका छन् ।

आफूले नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ८ को वडाध्यक्षको टिकट पाउने आकाङ्क्षा पूरा नभएपछि छुट्टै प्यानल बनाई स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पौडेलको शव आफ्नै घरपछाडी शनिवार बिहान भेटिएको थियो । शवको प्रकृति हेरेर प्रहरीले पौडेलले आत्महत्या गरेको बताएको हो । तीन दिनअघि मात्र पौडेल अपहरणमा परेको भन्दै खोजीका लागि परिवारजनले प्रहरीमा उजुरी दिएकोमा सोको भोलिपल्टै सम्पर्कमा आएका पौडेलले आफू साथीको घरमा बसेको बताएका थिए ।

लामो समयदेखि नेपाली कांग्रेससँग सम्बद्ध पौडेल अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको लागि सिफारिस भएता पनि टिकट भने पाएका थिएनन् ।

Comments