•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:09:22 AM

विराटनगर विमानस्थलको स्तरवृद्धि गर्ने कांग्रेसका मेयर उम्मेदवार कोइरालाको दाबी

- बैशाख २४, २०७९ मा प्रकाशित


इटहरीः आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नागेश कोइरालाले विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

विराटनगर ४ का सुकुम्बासी र अब्यवस्थित बसोवास, सडक, ढल लगायतका समस्याको समेत समाधानका लागि आफुले पहल गर्ने र महानगरले गरिरहेका तर सम्पन्न हुन बाँकी योजनाहरुलाई चाडो सम्पन्न गर्न आफुले पहल गर्ने उल्लेख गरे । इक्राहीको पोखरी चोक देखी पश्चिम रिङरोड सम्मको सडकको केहीभाग ग्राभेल रहेकोमा त्यसलाई तत्कालै पिचका लागि महानगरमा के भइरहेको भन्ने बारे बुझ्ने बताए ।

विराटनगर विमानस्थलबाट विस्थापित हुनेहरुलाई उचित मुआब्जा दिन र त्यसको काम छिटो गर्न अफुले प्रदेश सरकार र केन्द्रिय सरकारसंग कुरा गर्ने मेयरका उम्मेदवार कोइरालाले बताए । उनले नगरपालिकाले छुट्याउनु पर्ने बजेट एकै पटक छुटेयाउन नसकेपनि लगातार गरेर प्रत्येक आवमा छुट्याउदै जाने र संघिय सरकारबाट अनुदान ल्याएर भएपनि मुआब्जाको महानगरको दायित्व पुरा गर्ने बताए ।

Comments