•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:28:30 AM

एमालेको चुनावी सभालाई सम्बोधन गर्न आज इटहरी आउँदै ओली

- बैशाख २४, २०७९ मा प्रकाशित


इटहरीः नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज इटहरी आउँदैछन् ।

इटहरीको विराटनगरलाइनस्थित साथी पेट्रोल पम्पको छेउमा रहेको खाली जग्गमा हुने एमालेको चुनावी सभालाई सम्बोधन गर्न उनी इटहरी आउन लागेका हुन् । नेकपा एमालेको आज भानुचोकमा बिहान ११ बजेदेखि सभा सुरु हुने जनाएको छ । अध्यक्ष ओली भने १ बजेभित्र उपस्थित भएर सभालाई सम्बोधन गर्ने बताइएको छ । २०४७ सालदेखि इटहरीको प्रमुख पदमा नेकपा एमालेकै जनप्रतिनिधि चुनिँदै आएकाले इटहरीलाई कम्युनिस्टहरु लाल किल्ला भन्ने गर्छन् ।

यद्धपि, २०७४ सालको स्थानीय तह निर्वाचनमा भने इटहरीमा एमालेको स्थिति सोचेजति बलियो थिएन । प्रमुख र उपप्रमुख दुवै एमालेले नै पाएको भएपनि २० वडामध्ये एमाले आठ ओटामा सिमीत हुन पुगेको थियो त्यसबेला । १२ ओटा वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको थियो । यस पटकको निर्वाचनमा गत निर्वाचनको तुलनामा आफ्नो स्थिति सुधार्दै लाल किल्ला मजबुत पार्ने मनसायका साथ पार्टीले चुनावी प्रचारका क्रममा संघीय अध्यक्षलाई उपमहानगरमा उतारेको हो । अध्यक्ष ओलीको सम्बोधन आज बिहान १०ः३० बजे हुने नेकपा एमालेकी केन्द्रीय सदस्य तथा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार इटहरीको सम्बोधनलगत्तै ओली धरान प्रस्थान गर्नेछन् ।

Comments