•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:09:09 AM

रामधुनी ५ को वडाध्यक्षका एमाले उम्मेदवार भन्छन् ‘बाढीको समस्या समाधान गर्छु’

- बैशाख २२, २०७९ मा प्रकाशित


इटहरीः स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सुनसरीको रामधुनी नगरपालिका ५ क वडाअध्यक्षका प्रत्यासी खेमराज पौडेलले आफू निर्वाचित भएका डुबानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नहरको उत्तरपट्टी वर्षाको समयमा जलमग्न हुने समस्यालाई अघिल्लो नेतृत्वले केही पहल गरेको र त्यहाँ परेको पानी विशेष गरी बक्लौरी तर्फबाट आउने भएकाले त्यो पानीलाई सिधै नहरमा लैजाने काम भएको भएता पनि पर्याप्त नालाहरु नहँुदा अझै त्यो समस्या भएकाले त्यसको समाधानमा आफु लागि पर्ने पौडेलले बताए ।

अघिल्लो कार्यकालमा नेकपा एमालैकै वडा अध्यक्षले घोषणापत्रका ९९ प्रतिशत काम गरेको भन्दै पौडेलले वडा कार्यलयको आफ्नै भवन, स्वास्थ्यका लागि वडा नम्बर ५ मै कोभिड अस्पताल जस्ता काम गरेर लोकप्रियता कमाईसकेकाले आफुले तिनै कामहरुलाई निरन्तरता दिने र थप विकास निर्माणका का मगर्ने आफ्नो प्रतिवद्धता रहेको पौडेलले सुनाए ।

Comments