•  ५ जेष्ठ २०८१, शनिबार
  •  2:15:56 PM

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

- बैशाख २२, २०७९ मा प्रकाशित


इटहरीः लागुऔषध मुद्दाका १ जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

गत चैत्र ३० गते मोरङको बिराटनगर महानगरपालिका–१९ मा को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १२० केजी गाँजा बरामद भएको थियो । पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिक अप चालकलाई बैशाख २० गते धरानको सुनसरीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका–८ का ३९ बर्षीय झगेन्द्र राई रहेका छन् ।

राईले अवैध लागुऔषध गाँजा पिकअपमा लोड गरी सिमाक्षेत्रबाट भारतिय बजार लैजान लाग्दा मोरङको बुधनगरमा पिकअप छाडी फरार भएका थिए । लागुऔषध ओसार पसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments