•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:05:59 PM

इटहरीमा २७ जनाले छोडे जसपा

- बैशाख २२, २०७९ मा प्रकाशित


इटहरीः सुनसरीको इटहरीमा जनता समाजवादी पार्टीका २७ जना कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

पार्टी जनताको मर्म र भावना विपरित अघि बढेको निष्कर्ष निकाल्दै जनता समाजवादी पार्टीको सुनसरी जिल्ला कार्यसमिति सदस्य तथा समाजवादी उद्योग वाणिज्य महासंघ इटहरी उपमहानगर कार्यसमिति संयोजक इन्द्रमाया आङ्गबुहाङ्ग सहित २७ जनाको समुहले बिहिबार एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुमा इटहरी उपमहानगर महिला समिति सचिव मिना शेर्पा लगायत छन् । पार्टीमा लैगिंक समानता, उत्पीडनमा परेका जाती समुदायलाई उत्थान तथा समतामुलक समाज निर्माण गर्ने केन्द्रिय नीति भएता व्यवहारमा त्यसो नभएको भन्दै उनिहरुले व्यक्तिबादी चरित्र हावी भएको हुँदा पार्टी परित्याग गर्नुपर्ने अवस्थामा आउनु परेको बताएका छन् ।

‘जातजाती, लैंगिक, क्षेत्रिय वर्गिय समानताका साथै सबै क्षेत्रको समान प्रतिनिधित्व निर्माण भएको पार्टीले महिलां हिंसालाई निस्तेज पार्नुको सट्टा आफ्नै संगठनभित्रका महिलामा हिंसा हुँदा समेत न्याय दिनुको सट्टा बिभिन्न बहानामा अन्याय गरिरहेको र पार्टीमा भएको अन्याय विरुद्ध आवाज उठाउन समेत नदिँदा अन्यायको विरुद्ध आवाज बन्नुपर्ने पार्टीको नेतृत्वमा रहेकाहरु नैे आफै अन्याय गर्न उदत्त देखिएको पाईयो । ’ उनिहरुले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।

Comments