•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:09:42 AM

इटहरीको एमाले नेतृत्व चुनावी प्रचारमा व्यस्त, घरघरमा जनगुनासो सुनिँदै

- बैशाख २२, २०७९ मा प्रकाशित


इटहरीः आसन्न स्थानीय तह निर्वाचनको तयारीका लागि सुनसरीको इटहरी उपमहानगरपालिका भित्रको नेकपा एमालेको नेतृत्वले घरघरमा गएर जनताका समस्या सुन्न थालेको छ ।

मेयरका उम्मेदवार यामकुमार सुब्बासहित उपमेयरकी उम्मेदवार सङ्गीता चौधरीलगायत अन्य सबै उम्मेदवारहरु आआफ्नो क्षेत्रका मतदातालाई आकर्षित गर्ने अभियानमा लागेका छन् । नगरवासिको आयआर्जनमा सहज वनाउने र घर दैलो अभियानको क्रममा जहाँ समस्या त्यहाँ समधान लगायतका एजेण्डासहित अभियान लिएर जनसमक्ष पुगिरहेको मेयरका उम्मेदवार सुब्बा बताउँछन् ।

घरदैलो अभियानको क्रममा देखिएका समस्याहरुलाइ टिर्पोट गरी सुरुमा अध्यन गरिने र निर्वाचनपश्चात सोही विषयको सम्बोधनका लागि योजना बनाएर काम गर्ने उनको योजना छ । उक्त अभियानमा नेकपा एमालेका प्रदेश एक सांसद लिलम बस्नेत , निर्वाचन प्रचार प्रसार समितिका सह संयोजक हिमाल सुवेदी पनि आफनो पक्षका उम्मेदवारलाइ जिताउन कस्सिएका छन् ।

नगरवासी युवा ,खेलाडीहरुका लागि खेलकुद विकासका लागि प्रोत्साहन गर्ने , क्रिकेट मैदान बनाउने , युवा तथा महिलालाई सिप मुलक तालिम प्रदान गरी आत्मनिर्भरताका लागि आयआर्जनका कार्यक्रमहरु ल्याइने प्रतिबद्धता मेयरका उम्मेदवार सुब्बाले व्यक्त गरे ।

Comments