•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:50:07 AM

कृषिको विकासलाई प्राथमिकता दिने हेमकर्ण पौडेलको उद्घोष

- बैशाख २२, २०७९ मा प्रकाशित


इटहरीः इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका हेमकर्ण पौडेलले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । इटहरीका विभिन्न वडामा उनी घर दैलो कार्यक्रममा सक्रिय रूपमा लागेका छन् । इटहरी १५ एकम्बामा कार्यकर्ता सहित उनले चुनावी प्रचार प्रसार गरेका छन् ।

इटहरी १५ एकम्बाका स्थानीयलाई सम्बोधन गर्दै यस क्षेत्रमा रहेको बाढी र डुबानको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय मुडा खोलाका कारण बर्षेनी हुने गरेको बालीनाली धनजनको क्षतिको स्थायी समाधान खोजिन्न पहल गर्ने उनले बताएका छन् ।

त्यसै गरी शिक्षामा सबैको पहुँच पुग्न नसकेको अवस्थालाई तत्काल समाधान गर्दै सबैको पहुँचमा शिक्षा पुराउनेमा समेत जोड दिएका छन् । उनले भने” यो क्षेत्र कृषिमा समेत सम्भावना भएको क्षेत्र हो, कृषिको विकासलाई समेत पहिलो प्राथमिकतामा राखेर काम गर्ने छु ।”

यसअघि उनले इटहरी ८ मा घर दैलो कार्यक्रममा बोल्दै ट्याङ्ग्रा खोलाको दुख र डरमा इटहरीले बस्नु नपर्ने बताएका थिए । काँग्रेस नेतृत्व सरकार गठन भए पश्चात् पहिलो बजेटबाट इटहरीको बाढीको समस्या समाधान हुने उने बताएका हुन् । उनले भने “अब बाढी आँउदा छोराछोरी कसरी जोगाउने र ट्याङ्ग्राले ज्यान खान्छ भन्दै रात बिताउनु पर्ने अवस्था काँग्रेस नेतृत्वको इटहरी सरकारले अन्त्य गर्ने छ ।”

Comments