•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:44:15 PM

धरानबाट १८ सडक बालबालिकाको उद्धार

- बैशाख २२, २०७९ मा प्रकाशित


इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट गएराति १८ जना सडक बालबालिकाको उद्धार गरिएको छ ।

धरानको भानुचौक, धनकुटे रोड, पुतली लाइन, आचार्य लाइन लगायतका स्थानबाट गए राति १२ बजे १६ बालक २ बालिका सहित १८ जना सडक बालबालिकाहरूलाई उद्धार गरिएको उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।

उनका अनुसार बालबालिका खोजतलास केन्द्र प्रदेश १ विराटनगरको संयोजकत्वमा धरान उपमहानगरपालिका, नगर प्रहरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले सडक बालबालिकाहरूको उद्धार गरेको हो ।

निर्वाचनको समयमा सडक बालबालिकाहरूलाई प्रयोग गरी आपराधिक गतिविधि हुन सक्ने कुरालाई मध्यनजर गरी सडक बालबालिकाहरूको उद्धार गरिएको हो । उद्धार गरिएका १६ जना बालबालिकाहरूलाई मोरङको बेलबारीस्थित बालबालिका पुनर्स्थापना केन्द्रमा र २ बालिकालाई बालबालिका उद्धार अस्थायी शिविर विराटनगरमा पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।

Comments