•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:43:43 PM

इटहरीको १२ नम्बर वडामा आफ्नो निरन्तरता खोज्दै गठबन्धनका हेमानन्द दाहाल

- बैशाख २२, २०७९ मा प्रकाशित


इटहरीः इटहरी उपमहानगरपालिका वडा नं. १२ मा नेपाली गठबन्धनका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका हेमानन्द दाहालले आफ्नो कार्यकालमा आफूले सोचे जस्तो काम गर्न नसकेपनि घोषणा पत्र अनुसारको ९० प्रतिशत काम सम्पन्न गरेको बताएका छन् ।

उनी यसअघि २०७४ सालमा भएको स्थानिय निर्वाचनमा वडाध्यक्ष पदमा विजयी भएका थिए । सडक बत्ति, स्वास्थ्य चौकीको स्तरोन्नति, कृषि अन्तर्ग बिऊ बिजनका काम, खेलकुद, विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरणलगायतका सम्पूर्ण क्षेत्रमा काम गरेको उनले बताए । उनले जेष्ठ नागरिको हकहितका लागि काम गरेको बताए । यस्तै उनले वडा नं. १२ का अत्ति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा समेत गरेको बताए ।

आफूले अघिल्लो कार्यकालमा गरेका कामको समिक्षा गर्दै अब पनि विजयी भएमा अधुरा काम सम्पन्न गर्ने, पार्टीको घोषणा पत्रका भएका सम्पूर्ण काम गर्ने उनले प्रतिबद्धता जनाए । उनी रेडक्रसको आजीवन सदस्य भएर खनार उपशाखाको उपसचिव, सचिव, कोषाध्यक्ष हुँदै उपसभापतिसम्म भए । यस्तै उनी उद्योग वाणिज्य संघको सदस्य, सचिव हुँदै उपाध्यक्षसम्म भएर सक्रिय रहे । उनले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएसंगै राजनितिमा पनि सक्रिय भए । हाल उनी नेपाली कंग्रेसको ३ नं. क्षेत्रीय सहसचिव पनि हुन् ।

Comments