मलेसियाले टस जित्यो, नेपाल ब्याटिङ गर्दै
- चैत्र १९, २०७८ मा प्रकाशित
काठमाडौं: त्रिकोणात्मक ट्वान्टी- २० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (सनिबार) मलेसियाले नेपालको सामना गर्दैछ ।
कीर्तिपुरस्थित टियु मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ ।
खेलमा नेपालले एक परिवर्तन गरेको छ । सोमपाल कामीलाई आराम दिँदै कमल सिंह ऐरीलाई सुरुवाती एघारमा स्थान दिइएको छ । आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित हुनेछ । यता, नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गसिसकेको छ ।
नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङ्गो लगाउने छ ।
नेपालले मलेसियालाई हराए पपुवा न्यु गिनी(पिएनजी) फाइनल प्रवेश गर्नेछ । नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।
पिएनजीले शुक्रबार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ ।
दोस्रो स्थानको पिएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अंक छ । नेपालले पिएनजीविरुद्धको दुवै खेल जितेको थियो भने मलेसियलाई एक खेलमा पराजित गरेको थियो । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख २९, २०८१Iphonedaki App Storeda Uygulamaları Indirme Apple Company Destek T
-
ताजा बैशाख २९, २०८१Iphonedaki App Storeda Uygulamaları Indirme Apple Company Destek T
-
ताजा बैशाख २९, २०८१Pin Up Casino Site Oficial Little Brasil Ganhe R$1500 De Bônus Logi
-
ताजा बैशाख २९, २०८१“лучшие Онлайн Казино и 2024 Рейтинг Топ 10 Сайтов для Игры На кварплат
-
ताजा बैशाख २९, २०८१Бесплатные Игры Казино Слоты И Игровые Автомат
Comments