पेस्तोलसहित दुई जना पक्राउ
- जेष्ठ ८, २०८० मा प्रकाशित
धरान । सुनसरीको धरानमा अत्याधुनिक हतियारको कारोबार गर्ने थप दुई जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अत्याधुनिक यूएसए लेखिएको एक थान पेस्तोल र म्याग्जिन बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक रुद्र खड्का र इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लको संयुक्त टोलीले धरान १० का ३५ वर्षीय राजेश लिम्बु र धरान ५ का कुमार भण्डारीलाई पक्राउ गरेको हो । उनीहरुले धरान –८ को जनता ग्यारेजमा अत्याधुनिक पेस्तोल लुकाई राखेको भन्ने विशेष सुराकीको आधारमा छापा मार्दा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको डीएसपी मल्लले बताएका छन् ।
प्रहरीले केहि दिन अगाडि पनि धरान १७ का हुकमेन जिमी, दिपक जिमी र रोहित राईलाई दुईथान दुईथान पेस्तोलसहित पक्राउ गरेको थियो । हतियारसहित पक्राउ परेका पाँचै जनालाई हातहतियार खरखजना सम्बन्धि कसुरअन्तर्गत जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी घटनाको अनुसन्धान थालिएको बताए । नेपाल–भारत खुल्ला सीमानाको मौका छापी हतियार कारोबारीहरुले अत्याधुनिक हतियार धरानसम्म ल्याएर बिक्री गर्ने गरेको प्रहरीले बताएको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments