दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित जे.एल.एन. स्टेडियममा दोस्रो सुटिङ बल विश्वकप प्रतियोगिता सुरु भएको छ। माघ १८ देखी २१ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको छ। विश्वकपमा भारत, क्यानडा, नेपाल, श्रीलंका, सुडान, म्यानमार, न्यूजिल्याण्ड लगायतका देशहरूको सहभागिता रहेको छ।
यसअघि सम्पन्न पहिलो सुटिङ बल विश्वकपमा नेपाली टिमले ऐतिहासिक सफलता हासिल गरेको थियो। पहिलो विश्वकपमा नेपाली महिला टोली उपविजेता (दोस्रो स्थान) बन्न सफल भएको थियो भने पुरुष टोली तेस्रो स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको सुटिङ बल खेलको पहिचान स्थापित गरेको थियो।
दोस्रो विश्वकपको आयोजना शुटिङ बल फेडेरेसन अफ इन्डिया (SBFI) ले गरेको हो। प्रतियोगिता भारत सरकारको खेलकुद विभाग, तथा सम्बन्धित निकायहरूको सहकार्यमा सञ्चालन भइरहेको छ। शुटिङ बल फेडेरेसन अफ इन्डियाकी महासचिव मोना सिंहले सुटिङ बल विश्वकप केवल प्रतियोगिता मात्र होइन, यो युवा खेलाडीहरूको क्षमता उजागर गर्ने अन्तर्राष्ट्रिय मञ्च भयको बताईन । उनले विभिन्न देशका खेलाडी एउटै मैदानमा प्रतिस्पर्धा गर्दा खेलको स्तर उकासिनुका साथै आपसी मित्रता र खेल भावना पनि सुदृढ हुने विस्वास व्यक्त गरिन ।
सुटिङ बल विश्वकपमा प्राप्त यो सफलता खेल मात्र नभई नेपालको खेलकुद कूटनीति, युवा प्रेरणा र अन्तर्राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार बनेको छ। यो उपलब्धिले आगामी दिनमा सुटिङ बल खेललाई नेपालमा संस्थागत विकासतर्फ लैजाने विश्वास गरिएको केशब बिस्टले बताए । कार्यक्रममा एसबीएफका महासचिव रविन्द्र सिंह तोमर, तथा एसबीएफआईका सचिव जीत राज तोमर लगायत खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ।
आयोजक तथा सहभागी देशहरूले दोस्रो विश्वकपमा पनि प्रतिस्पर्धात्मक खेल प्रदर्शन हुने विश्वास व्यक्त गरेका छन्। सुटिङ बल एसोसिससन नेपालका उपाध्यक्ष कैलास बिस्ट को नेतुत्वमा गयको ३५ जनाको टोलीले नेपाली खेलाडीहरूबाट यस पटक पनि उल्लेखनीय नतिजाको अपेक्षा गरिएको छ।



























Discussion about this post