एजेन्सी । रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले लगातार दोस्रोपटक स्पेनिस सुपर कपको उपाधि जितेको छ। साउदी अरेबियाको जेद्दामा भएको फाइनलमा बार्सिलोनाले रियललाई ३–२ गोलअन्तरले हराएको हो। बार्साको जितमा राफिन्हाले २ तथा रोबर्टो लेवान्डोस्कीले एक गोल गरे।
रियलका भिनिसियस जुनियर र गोन्जालो गार्सियाले समान एक गोल गरेपनि टोलीको हार टार्न सकेनन्। एल क्लासिको भिडन्तको पहिलो हाफ २–२ को बराबरीमा सकिएको खेलमा राफिन्हाले निर्णायक गोल गरे।पहिलो हाफको ३६ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो।
पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा भिनिसियसको गोलमा रियल खेलमा फर्किएको थियो। तर चौथो मिनेटमा लेवान्डोस्कीको गोलमा बार्सिलोनाले पुनः खेलमा अग्रता बनायो। तर त्यो अग्रतालाई बार्साले धेरै बेर जोगाउन सकेन।छैटौँ मिनेटमा गोन्जालोको गोलमा रियल फेरि बराबरीको स्थितीमा आएको थियो।
खेलको ७३औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन।इन्ज्युरी समयको पहिलो मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। फ्रेन्की डि जोङ सिधै रातो कार्ड खादै बाहिरिए। बार्सिलोनाले १६औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो। १२ पटक उपविजेतामा सिमित भएको बार्सा २ पटक भने सेमिफाइनलबाटै बाहिरिएको छ।
बार्सिलोनाले सन् १९८३,१९९१,९२, ९४ र ९६ मा उपाधि जितेको थियो। यस्तै २००५,००६,००९,२०१०,०११,०१३,०१६,०१८,०२३ र ०२५ मा उपाधि उचालेको थियो।




























Discussion about this post