इटहरी । मोरङको सुन्दरहरैंचामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गाइघाट युनाइटेड फुटबल क्लबले सहलेश युवा क्लब सिराहालाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। सुन्दरहरैंचाको गछिया खेल मैदानमा भएको खेलको दोस्रो हाफको ३१ औँ मिनेटमा गाइघाटका सुनील खडकाले गरेको गोल नै खेलको निर्णायक गोल बनेकाे थियाे ।
खेलको पहिलो हाफमा दुवै टोलिले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा खेल ०–० को बराबरीमै रोकिएको थियो। निर्धारित समयभरि सहलेश युवा क्लबले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन। अन्ततः १–० को जितसहित गाइघाट युनाइटेड फाइनल यात्रा पक्का गर्न सफल भएकाे थियाे ।
आजको ‘म्यान अफ द म्याच’ गाइघाट युनाइटेडका जर्सी नम्बर ८ विवेद राई घोषित भए। राईलाई पाँच हजार एक सय रुपैयाँ पुरस्कार प्रदान गरियाे । यही क्रममा दोस्रो सेमिफाइनल खेल गछिया युवा समाज र राष्ट्रिय जागृती फुटबल क्लब इटहरीबीच भोलि दिउँसो २ बजेबाट सुरु हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिए। आजको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–५ का वडाध्यक्ष गणेश चौधरी रहेका थिए।





























Discussion about this post