एजेन्सी । विश्वकप विजेता स्पेनलाई हराउँदै इंग्लयाण्डले महिला युरो कपको उपाधि जितेको छ । आइतबार राति स्विट्जरल्याण्डमा भएको फाइनलमा इंग्ल्यान्डले पेनाल्टी सुटआउटमा स्पेनलाई ३–१ ले हराएको हो ।
यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहार मात्र गोलमा परिणत भयो । यता, इंग्लयाण्डका पाँचमध्ये तीन खेलाडीले गोल गरे ।
त्यसअघि मारियओना काल्डेन्टीले खेलको २५औं मिनेटमा हेडर गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर, एलेसिया रुसोले ५७औं मिनेटमा गोल गरेपछि साविक विजेता इंग्लयाण्ड खेलमा फर्किएको थियो ।



























Discussion about this post