इटहरी । गत वर्ष भन्दा एक अर्ब घटाएर ल्याएको आर्थिक वर्ष २०८२ ,८३ को बजेट कार्यानवयन अनिश्चित देखिएको छ । बुधबार साझ बसेको १६ औ नगरसभाले प्रश्न उठाउदै प्रारित हुन नपाएपछि बजेट अनिश्चित देखिएको हो । सभाका अध्यक्ष मेयर हेमकर्ण पौडेलले अर्को सुचना जारी नहुन्जेल सभा स्थकित भएको भन्दै उठेर हिडेपछि बजेट अनिश्चित देखिएको हो । गत असार १० गते उपमेयर संगीता कुमारी चौधरीले आर्थिक वर्ष २०८२ ,८३कालागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको अनुमानीत बजेट पेश गरेकि थिइन ।
जुन बजेट आव ८१, ८२ को भन्दा एक अरबले कम हो । अघिल्लो वर्ष उपमहानगरले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको थियो । नीति अनुसार पेश भइसकेको बजेट असार मसान्त सम्ममा नगरसभाले पास गरिसक्नुपर्ने प्रावधान छ ।अन्यथा बजेट कार्यानवयन नहुने संवैधानीक नीति छ। बुधबार साझ अवेर बसेको १६ औ नगरसभामा मेयर हेमकर्ण पौडेलले बजेट कार्यानवयनमा ल्याउन प्रस्ताव पेश गरेका थिए । उपमेयर संगीता कुमारी चौधरीले वडाबाट छनौट भएर आएको योजना माग्नुका साथै बिभिन्न शिर्षक र विधेयकहरू समेत उपलब्ध नगराएको कारण देखाएपछि बिवाद भइ बजेट अनिश्चित बनेको हो । वडाबाट छनौट भएर आएको योजना सुची लुकाएर सभालाइ उल्लु बनाउदै चोरबाटोबाट बजेट प्रारित गर्न खोजीयो उपमेयर चौधरीले भनिन ।
मेयर पौडेलले सभामा बजेट कार्यानवयनकालागि प्रस्ताव पेश गरिरहदा सदस्यहरूले अर्थ विधेयक, विनियोजन विधेयक र राजस्वको दररेट उपलब्ध गराउन भनेपछि नगरसभा स्थकित गरि सामाजिक सञ्जालमा स्टन्ट गरेको उपमेयर चौधरीले आरोप लगाइन । यता पेस भइसकेको तर नगरसभाबाट पास नभएपछि इटहरीवासीहरू बजेटबाट बिमुख बनेका छन भने सिंगो उपमहानगर बजेट बिहीन बन्न पुगेको छ ।
एमालेको कारण अनिश्चित : मेयर पौडेल
संयुक्त छलफल पश्चात बनेको बजेट पास नहुनुमा एमालेका जनप्रतिनिधी दोषी रहेको मेयर हेमकर्ण पौडेलले आरोप लगाएका छन । उनले सभाबाट बाहिरिएको केही क्षणमै सामाजिक सञ्जाल मार्फत ुनेकपा एमाले इटहरीका नेताहरूले मागेको बजेट दिन नसक्दा बहुमतको आडमा नगरसभा स्थगित,इटहरीबासी बजेटबाट बिमुखू भनेर प्रतिकृया जनाएका छन ।
सामाजिक सञ्जालमा उल्टै उनैलाइ दोषी देखाउदै प्रतिकृियाहरू आउन थालेपछि उक्त पोस्ट मेयर पौडेलले बिहान हटाएका छन । एमालेका जनप्रतिनिधीहरूले अन्तिम अवस्थामा आएर नगरवासी र सिंगो नगरलाइ बजेटबाट बञ्चीत बनाएको मेयर पौडेलको धारणा छ । उनले अझै पनि केहि नबिग्रिएको र सबै मिलेर बनेको बजेटलाइ कार्यानवयनमा ल्याउनुपर्ने उल्लेख गरे ।
पत्रकारलाइ दानापानी , सावित गर्नुपर्छ : एमाले
बजेट पास नभएपछि सो विषयमा आफ्नो धारणा राख्न नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरूले बिहीबार बेग्लै पत्रकार सम्मेलनको आयोजना गरेका छन । तयारी अवस्थामा रहेको बजेट कार्यानवयन ल्याउने बेला मेयर पौडेलले एकलौटी धारणा राखेकोले सिंगो उपमहानगर आव ८२ ,८३कालागि बजेट बिहीन हुन पुगेको ३ नं वडाध्यक्ष उमेस सुवेदिले बताए । उनले बजेट बनाउदा पनि नियम मिचेरै बनाएको र पारित गर्दा पनि एकलौटी पेलेर अघि बढ्न खोजेपछि प्रतिकार गरेको उल्लेख गरे ।
मेयर पौडेलले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाइ आरोप लगाउदै लेखेको स्टाटस प्रति खेद प्रकट गर्दै उपमेयर संगीता कुमारी चौधरीले शिर्षक तथा बिभिन्न बिधेयक र वडाबाट छनौट भएर आएको योजनाको सुची अनुसार बिनीयोजित हुनुपर्ने उल्लेख गरिन ।
अर्को प्रसंगमा मेयर पौडेलले इटहरीका पत्रकारहरूलाइ लगाएको लाञ्छना प्रमाणित गर्नु पर्ने उल्लेख गरे । वडा नं ३ का वडाध्यक्ष उमेस सुवेदिले सामाजिक सञ्जालमा मेयर पौडेलले पत्रकारले दाना पानी नपाएको कारण आफु विरूद्ध समाचार लेख्ने गरेको भनि सामाजिक सञ्जालमा राखेको धारणा सावित गर्नुपर्ने अन्यथा सार्वजिक रूपमा पत्रकारहरूसंग माफी माग्नुपृने उल्लेख गरे ।
मेयर पौडेलले गत शुक्रबार , “भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ, पहिले हाम्रो सचिवालयमा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाजले प्रकाशन, प्रसारण गर्छन्, विचित्रको पत्रकारिता छ इटहरीमा।”भन्दै सामाजिक सञ्जाल मार्फत भ्रम छरेका थिए । इटहरीका पत्रकारहरू लगायत सिंगो पत्रकारिता जगतकै बदनाम हुनेगरी मेयर पौडेलले लगाएको लाञ्छना बिरूद्ध पत्रकार महासंघ सुनसरी चरणबद्ध आन्दोलनमा उत्रिएको छ।
धरानले ल्याउदै ल्याएन
यता सुनसरीकै धरान उपमहानगरले भने आर्थिक वर्ष २०८२ ,८३ को बजेट आन्तरिक किचलाेका कारण ल्याउनै सकेन । नगर प्रमुख हर्क साम्पाङ र उप प्रमुख आइन्द्र बिक्रम बेघा लगायत जनप्रतिनिधी संग तालमेल नमिलेपछि बजेट ल्याउन नसकेकाे हाे । आन्तरिक तयारी थालेपनि राजनीतिक किचलाेले धरानले आव २०८२ ,८३ काे बजेट ल्याउन नसकेकाे हाे ।




























Discussion about this post