इटहरी । जिल्ला अदालत सुनसरीले बिभिन्न अपराध संग सम्बन्धीत मुद्धा दर्ता र फर्स्याैटमा नयाँ रेकर्ड स्थापित गरेकाे छ । चालु आर्थिक वर्षकाे असार २६ गते सम्म अदालतले १० हजार १६ वटा मुद्धा दर्ता गरेर नयाँ रेकर्ड स्थापना गरेकाे हाे भने साेहि अवधीमा ५ हजार ९ सय ९३ वटा मुद्धा किनारा लगाएर यसमा पनि रेकर्ड स्थापित गरेकाे हाे । अदालतका श्रेस्तेदार टेकेन्द्र विर जंग राणाका अनुसार अघिल्लाे वर्षकाे तुलनामा यस अावमा मुद्धाकाे चाङ अत्याधिक बढेकाे र फर्स्याैटमा पनि उल्लेखनीय प्रगती गरेकाे हाे ।
अदालतले शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकाे प्रगती विवरण अनुसार अघिल्लाे आव २०८० ,८१ मा ९ हजार ३२७ मुद्धा दर्ता भएका थिए भने ५ हजार १४१ मुद्धा फर्छ्याैट भएका थिए । याे अावकाे अन्त्य सम्ममा मुद्धाकाे संख्या ११ हजारकाे हाराहारीमा पुग्ने श्रेस्तेदार राणाले बताए । अदालतमा अहिले दैनिक ८० देखि १ सय वटा सम्म मुद्धा दर्ता हुने गरेकाे पत्रकार सम्मेलनमा बताइएकाे छ । २०८१ साउन १ देखि २०८२ असार २६ गते सम्म दर्ता भएका ५ हजार ८७० नयाँ मुद्धा विगतका वर्षहरू भन्दा बढी भएकाे श्रेस्तेदार राणाले बताए ।अघिल्लो वर्षबाट जिम्मेबारी सरेर आएका ४ हजार १४६ वटा मुद्धा गरि याे वर्ष जम्मा मुद्धा संख्या १० हजार १६ पुगेकाे श्रेष्तेदार राणाले बताए ।
अदालतले न्याय सम्पादनकाे क्षेत्रमा पनि उल्लेखनिय प्रगती गरेकाे एक नं न्यायधिश मुकेश उपाध्यायले बताए । उनले सेवाग्राहिहरूलाइ छिटाे छरिताे ढंगबाट न्याय सम्पादन गर्न सबै युनीट तत्पर लागिपरेकाे बताए । जनस्तरमा अदालतले एउटै मुद्धा वर्षाै सम्म लगाइदिने भन्ने हल्लालाइ चिर्न न्याय सम्पादन तर्फ केहि सुधारात्मक प्रयासहरू भएकाे न्यायधिश उपाध्यायले बताए । हाल अदालतमा दुइ वर्ष भन्दा बढीका मुद्धाहरू नरहेकाे उल्लेख गर्दै पछिल्लाे दुइ वर्षका ८८ वटामात्र मुद्धाहरू फर्छ्याेट हुन बाकि रहेकाे पत्रकार सम्मेलनमा बताइएकाे छ ।
लागूऔषध र सम्बन्ध बिच्छेद भयावह
जिल्ला अदालत सुनसरीमा याे आव लागुऔषध र सम्बन्ध बिच्छेदका मुद्धाहरूकाे अवस्था भयावह रहेकाे प्रगती विवरणमा उल्लेख छ । याे आवमा लागुअाैषध काराेबार , बेचबिखन तथा ओसार पसार र सेवन सहित ४५१ वटा मुद्धा दर्ता भएकाेमा २३७ वटा फर्छ्याैट भइसकेकाे २१४ वटा बाकी देखिएकाे छ ।
विवरण अनुसार सम्बन्ध बिच्छेदका घटना भयावह देखिएकाे छ । याे आवमा १२१६ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएकाेमा १२ सय फर्छ्याैट भइ १६ वटा बाकी रहेकाे विवरणमा उल्लेख छ । त्यस्तै यहि आवमा अंस सहितकाे सम्बन्ध बिच्छेद समबन्धी २२९ वटा मुद्धा दर्ता भएकाेमा ९७ वटा फर्छ्याैट भइसकेकाे र १३२ वटा बाकि रहेकाे देखिएकाे छ ।
घरै पिच्छे बहुविवाह , बैदेशिक राेजगार , उमेर नपुगि भएकाे बैवाहिक सम्बन्ध र पारिवारिक कलह सम्बन्ध बिच्छेदका मुख्य कारण रहेकाे अदालतले उल्लेख गरेकाे छ । हामी न्यायधिस हाै सके सम्म मेलमिलापलाइ जाेड दिन्छाै र मिल्दै नमिलेकाे अवस्थामा मात्रै सम्बन्ध बिच्छेदकाे फैशला सुनाउछाै ।तर समाजमा अहिले यस्ता बिच्छेदका घटना फेसन भइसकेकाे छ । बिच्छेद गर्नेहरू त अलगिएलान तर साथमा रहेका बालबच्चाले अभिभावक गुमाउछ ।दाजुले बहिनी , बहिनीले दाजु , दिदि बहिनी भाइ भाइ छुटिन बाध्य हुन्छन ।यसलाइ समय रहदै नियनत्रण गर्न सकिएन भने समाज बिखन्डन तर्फ जाने निश्चीत छ । अदालतका एक नं बेञ्च न्यायधिश मुकेस उपाध्याय बताउछन ।
सामाजिक सञ्जालकाे बढदाे दुरूपयाेग , मान्छेमा हदभन्दा बढी स्वतन्त्रताकाे साैख र पारिवारिक कलह सम्बन्ध बिच्छेदका मुख्य कारण हुन न्यायधिश उपाध्याय बताउछन ।
त्यस्तै बैंकिङ कसुर सम्बन्धी ४४७ वटा मुद्धा दर्ता भएकाेमा २६३ वटा फर्छ्याैट भइसकेकाे छ भने १८४ वटा बाकी देखिएकाे छ । त्यस्तै चालु आवमा जबर जस्ती करणीका मुद्धा ८७ वटा दर्ता भएकाेमा ४० वटा फर्छ्याैट भइसकेकाे र ४७ वटा बाकी देखिएकाे अदालतले सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ ।
सम्बन्ध बिच्छेदका घटना भयावह बन्दै गर्दा सुनसरी अदालतका एक नं न्यायधिश मुकेश उपाध्यायले पछिल्लाे समय सामाजिक सञ्जालले यस्ता घटना बढाएकाे उल्लेख गरे । उनले यस्ता घटना सम्बन्धी सचेत गराउदै सके समम मेलमिलाप गराएर पठाउने गरेकाे पनि उल्लेख गरे । न्यायाधीश उपाध्यायले सकेसम्म अदालतबाट छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन गर्ने, न्यायमा सबैको सहज पहुँच अभिबृद्धि गर्ने तथा न्यायिक सुशासनको प्रवद्र्धन गर्दै अदालती व्यवस्थापनको सुदृढीकरण र न्यायपालिकाप्रतिको जनआस्था र विश्वास बढाउन आफूहरुले सक्दो प्रयास गर्दै आएको बताए। हाल अदालतमा ११ जना न्यायधिस रहेका छन ।




























Discussion about this post